२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कन्चनपुरमा जग्गा भाडामा दिएर शिक्षकलाई तलब

२० भाद्र २०७४, मंगलवार ०६:५२

भदौ २०, कञ्चनपुर। केराखेतीका लागि जग्गा भाडामा दिएर कञ्चनपुरको चाँनदेउमा रहेको रामेश्वर आधारभूत विद्यालयले तीनजना शिक्षकको तलब व्यहोर्दै आएको छ । 

प्रतिविगाहा रु दुई लाख रकम पाउने गरी जग्गा भाडामा दिएर विद्यालयले शिक्षकको तलबको व्यवस्था गर्दै आएको हो । 

विद्यालयको स्वामित्वमा रहेको चार बिगाहा जग्गा पाँच वर्षका लागि भाडामा दिइएको छ । “तीन वर्षअघिदेखि जग्गा भाडामा दिएर निजी स्रोतका तीनजना शिक्षकको तलबको व्यवस्था मिलाउँदै आएका छौँ”, विद्यालयका प्रधानाध्यापक रामप्रसाद जोशीले भन्नुभयो । 

अपुग तलबको रकम विद्यालयले व्यापारिक प्रयोजनका लागि बनाएका कोठा भाडामा दिएर पूर्ति गर्दै आएको छ । विद्यालयमा पाँच शिक्षक राहत कोटा र तीनजना निजी स्रोतमा कार्यरत रहेका छन् । 

विसं २०५५ मा स्थापना भएको विद्यालयमा स्थायी दरबन्दीका शिक्षकको व्यवस्थाका लागि विद्यालय व्यवस्थापन समितिले माग गर्दै आए पनि बेवास्ता भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा