२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

कृषि र पशुपालनबाट किसानलाई आत्मनिर्भर बनाउँदै पाल्पाका दुई पालिका

२०८२, १४ असार शनिबार ११:४२

काठमाडौं ।  स्थानीय तहले कृषि र पशुपालनबाट आफ्नो क्षेत्रका किसानलाई आत्मनिर्भर बनाउने जमर्को गरेका छन् । तानसेन र रामपुर नगरपालिकाले किसानलाई कृषिमा आत्मनिर्भर बनाउने जमर्को गरेका हुन् ।

कृषिलाई प्राथमिकतामा राखेर काम गर्दै आएको तानसेन नगरपालिकाले नगर भित्रका किसानहरुलाई आत्मनिर्भर बनाउन कृषि सामग्री, बाख्रा र मौरीघार प्रदान गर्दै आएको छ ।आर्थिक विकास परियोजना अन्तर्गत नगरपालिकाले यहाँका किसानलाई बाख्रा, मौरीघार र अन्य कृषि सामग्रीहरु उपलब्ध गराउदै आएको हो ।

नगरको नीति तथा योजनाअनुसार आर्थिक विकास सङ्घ रेडासँग सहकार्य गर्दै नगरपालिकाले ११ वटा वडामा बाख्रा, कुखुरा, बिउबिजन वितरण गरिएको नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो “ हामी कृषि र पशुपालनबाटै नगरको समृद्धि खोजिरहेका छौं, जबसम्म हामीले किसानलाई व्यावासायिक बनाउन सक्दैनौँ तबसम्म समृद्धि हासिल हुँदैन ।”
हालसम्म वडा नं. १ मेड्पाअन्तर्गत सिलाई मेसिन, वडा नं. ६ मा २० वटा बाख्रा, वडा नं.७ मा २० वटा बङ्गुर, वडा नं. ८ का कृषकलाई २० वटा बाख्रा, वडा नं. ९ मा सुन्तला फलफूल वितरण, वडा नं. १० का कृषकलाई २२ वटा बिउपाठी र १ बिउ बोका उपहारको रूपमा प्रदान गरिएको छ ।

यसैगरी, वडा नं. ११ मा ५ हजार कुखुरा, ६२ वटा बाख्रा, एउटा बिउ बोका, २२ गोलासहित मौरी घार, वडा नं. १२ मा ५८ वटा हाते टयाक्टर, २९ कम्वायल, १२ कन्सेलर, प्रदान गरिएको नगरपालिका प्रवक्ता यादवसिंह कार्कीले जानकारी दिनुभयो । बाख्राका पाठापाठी अन्य कृषकलाई उपहार दिनेगरी बाख्रा प्रदान गरिएको हो । आर्थिक विकास सङ्घ रेडा पाल्पाका निर्देशक लीलाबहादुर कार्कीले किसानलाई प्रोत्साहन गर्दै कृषकका आवश्यकता र मागका आधारमा तानसेन नगरपालिकाको आर्थिक सहयोग र हेफर नेपालको प्राविधिक सहयोग, रेडाको सहजीकरणमा कृषि सामग्री उपलब्ध गराएको छ ।

साथै रामपुर नगरपालिकाले पनि कृषकको आयआर्जन बढाउन नगरभित्रका ३९ जनालाई ९५ मौरीका घार वितरण गरेको छ । पालिकाले ५० प्रतिशत अनुदानमा घार वितरण गरेको हो । मौरी पालनलाई व्यवसायिक रुपमा प्रवद्र्धन गर्न घार वितरण गरिएको नगरपालिकाकी उपप्रमुख बालकुमारी थापाले बताउनुभयो ।

परम्परागत घारमा पुरानै शैलीमा मौरीपालन गर्दै आउनुभएका रामपुर –४ का किसान शेरबहादुर रानाले आधुनिक घार पाएपछि आफूमा उत्साह थपिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ