2026-09-05 07:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

“गाजामा अर्को साता युद्धविराम सम्भव”

काठमाडौँ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाको जटिल परिस्थितिमा सकारात्मक सङ्केत दिंदै आउँदो साताभित्र युद्धविरामको सम्भावना रहेको आशा व्यक्त गर्नुभएको छ । इजरायलद्वारा समर्थन प्राप्त सहायता वितरण केन्द्रहरूमा बढ्दो नागरिक मृत्युका घटनाहरूलाई लिएर अन्तर्राष्ट्रिय समुदायको चासो बढ्दो छ ।

पत्रकारहरूको प्रश्नको जवाफमा राष्ट्रपति ट्रम्पले भन्नुभयो, “हामीलाई लाग्छ, अर्को साता युद्धविराम सम्भव हुनेछ ।”

पूर्वराष्ट्रपति जो बाइडेनको कार्यकालको अन्त्यतिर अमेरिकाको पहलमा गाजामा युद्धविराम गरिएको थियो, सो युद्धविराम मार्च महिनामा इजरायलले तोडेको थियो ।

त्यसपछिका दुई महिनाभन्दा बढी समय इजरायली पक्षले गाजामा खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्री आपूर्ति पूर्ण रूपमा बन्द गरेको थियो । अहिले केही आपूर्ति अमेरिकी तथा इजरायली सहयोगमा स्थापना गरिएको गाजा मानवीय सहायता कोष (जीएचएफ) मार्फत पुनः सुरु गरिएको छ ।

संयुक्त राष्ट्रसंघ तथा अन्य मानवीय संस्थाहरूले हालको सहायता वितरण प्रणालीप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
संयुक्त राष्ट्रसंघीय राहत प्रमुख फिलिप लाजारिनीले भन्नुभयो, “नयाँ सहायता प्रणालीले एक प्रकारको ‘हत्या स्थल’ को रूप लिएको छ । नागरिकहरू आफ्ना परिवारका लागि खाना खोज्दा गोली लागेर ज्यान गुमाइरहेका छन् ।”

उहाँले यस्तो अवस्था अन्त्य गरी पूर्ववत् संयुक्त राष्ट्रसंघको सहायता प्रणाली पुनः सञ्चालनमा ल्याउन आह्वान गर्नुभयो ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार, मे महिनाको अन्त्यदेखि हालसम्म सहायता वितरण केन्द्रहरू नजिकै ५०० भन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि यस विषयमा चिन्ता व्यक्त गर्दै भन्नुभयो, “खाना खोज्न निस्कनु कसैका लागि मृत्युको कारण बन्नु हुँदैन ।”
इजरायलको प्रतिक्रियाः “हामी नागरिकलाई लक्षित गर्दैनौं”

इजरायलले यस्ता घटनामा आफ्ना सुरक्षाकर्मीहरूको संलग्नता अस्वीकार गरेको छ । उसले जीएचएफ मार्फत गाजामा ४६ मिलियन भोजन वितरण गरिएको बताउँदै मानवीय कार्यलाई गलत ढंगले प्रस्तुत नगर्न आग्रह गरेको छ ।
हालै इजरायली पत्रिका हारेत्ज मा प्रकाशित एक समाचारमा सैनिकहरूलाई भिड तितरबितर पार्न गोली चलाउन निर्देशन दिएको उल्लेख गरिएको छ । यसबारेमा ै इजरायली सेनाको कानुनी निकायले पनि अनुसन्धान गर्न निर्देशन दिएको बताइएको छ ।

तर प्रधानमन्त्री नेतान्याहू र रक्षामन्त्री इजरायल काट्जले संयुक्त वक्तव्य जारी गर्दै सो समाचारलाई ‘झुटा आरोप र दुर्भावनापूर्ण प्रचार’ भनेका छन् ।

द्वन्द्व जारी
गाजाको नागरिक सुरक्षा विभागका अनुसार, शुक्रबार मात्रै इजरायली हमलामा ८० जना मारिएका छन्, जसमध्ये केही सहायता लिन जाँदा, केही विद्यालयमा बसीरहेका र केही सडकमा रहेको अवस्थामा मारिएका थिए ।

यसैबीच, हमास र इस्लामिक जिहादका सशस्त्र समूहहरूले दक्षिण गाजाको खान युनिस क्षेत्रमा इजरायली सेनामाथि आक्रमण गरेको दाबी गरेका छन् ।

अक्टोबर ७, २०२३ मा हमासद्वारा इजरायलमा भएको आक्रमणमा एक हजार २१९ जनाको ज्यान गएको थियो । त्यसपछि सुरु भएको इजरायली सैन्य कारबाहीमा गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार ५६ हजार ३३१ जनाको मृत्यु भइसकेको छ, जसमा धेरैजसो सर्वसाधारण नागरिक छन् । संयुक्त राष्ट्रसंघले यस तथ्याङ्कलाई विश्वसनीय मानेको छ ।

– – –

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ