२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

१४ असार २०८२, शनिबार १५:२५

काठमाडौँ । युक्रेनको ओडेसा क्षेत्रमा शुक्रबार राति भएको रूसी ड्रोन आक्रमणमा दुई व्यक्तिको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्, जसमा बालबालिकाहरू पनि समावेश छन् ।
ओडेसाका गभर्नर ओलेग किपरले टेलिग्राममार्फत जानकारी दिँदै “आवासीय भवनमा भएको यस आक्रमणबाट उद्धारकर्ताहरूले दुई जना नागरिकको शव निकाल्न सफल भएका छन्,” बताउनुभयो । उहाँका अनुसार घाइतेमध्ये तीनजना बालबालिका रहेका छन्, जसको अवस्था सार्वजनिक गरिएको छैन ।

यसैबीच, युक्रेनको दक्षिणी खेरसोन क्षेत्रमा पनि पछिल्लो २४ घण्टामा रूसी आक्रमणका कारण एक व्यक्तिको ज्यान गएको र तीन जना घाइते भएको पुष्टि भएको छ । खेरसोनका गभर्नर ओलेक्जान्द्र प्रोकुडिनले रूसी सेनाले सामाजिक तथा महत्वपूर्ण पूर्वाधार र बस्ती क्षेत्रहरूलाई निशाना बनाएको जानकारी दिनुभयो ।

सन् २०२२ देखि जारी द्वन्द्वले युक्रेनमा ठूलो मानवीय क्षति पु¥याउँदै आएको छ । लाखौं मानिस विस्थापित भएका छन् भने हजारौंको ज्यान गइसकेको छ ।

शान्ति स्थापनाको लागि अमेरिकाको पहलमा सुरु गरिएका वार्ता प्रक्राहरू हाल स्थगित छन् । रुसले युक्रेनलाई भूभाग सुम्पिनुपर्ने र पश्चिमी सैन्य सहायता त्याग्नुपर्ने शर्त राखेको छ, जुन युक्रेनी पक्षका लागि स्वीकार्य छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य