2026-11-01 10:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कर्णाली प्रदेश

रुकुम पश्चिममा गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

2025-06-28
काठमाडौँ । रुकुम पश्चिमबाट एकजना गर्भवतीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गरेर प्रदेश अस्पताल सुर्खेत पठाइएको छ । आज दिउँसो जिल्लाको बाँफीकोट गाउँपालिका–२ की ४० वर्षीया नन्दकला खड्का खत्रीलाई थप उपचार लागि हेलिकप्टरमार्फत उद्धार गरी प्रदेश अस्पताल पठाइएको हो ।
राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर उहाँलाई सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ऋषी पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार नन्दकलाको पाठेघरको नलीमा गर्भ बसेको र बच्चा हुर्किंदै गएपछि नली फुटेर आन्तरिक रक्तश्राव भएको अवस्थामा जिल्ला अस्पताल पु¥याइएको थियो ।
आज बिहान अस्पताल पु¥याइएकी नन्दकलाको जिल्ला अस्पतालमा सफल शल्यक्रिया भएको जनाउँदै उहाँलाई सघन उपचारको आवश्यकता परेपछि सुर्खेत पठाइएको अस्पतालका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा महेश चौलागाईंले बताउनुभयो ।
—

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द