२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भारतीय मन्दिरमा भागदौड हुँदा तीनको मृत्यु

१५ असार २०८२, आईतवार १४:३०

भारतको तटीय राज्य उडिसामा आइतबार एक हिन्दू धर्मावलम्बीको चाडमा अचानक भीड बढेपछि भागदौड मच्चिँदा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै कैयौँ घाइते भएका स्थानीय सरकारी अधिकारीहरूले बताएका छन् ।

हिन्दू धर्मावलम्बीको रथ महोत्सवका अवसरमा पुरी शहरको गुन्डिचा मन्दिर नजिकै हजारौं भक्तजनको भीड लागेको थियो ।

जिल्ला प्रशासनका अधिकारी सिद्धार्थ स्वैनले भन्नुभयो, “मन्दिरमा एक्कासी भीड बढ्दा आवागमनमा समस्या भएको र पेलापेल र भागदौडपछि नौ जना भक्तजनलाई श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल लगिएको थियो । तीन जनाको मृत्यु भएको छ भने अन्यको अवस्था स्थिर छ ।”

स्थानीय सञ्चारमाध्यमका अनुसार महोत्सवमा जाने अन्य थुप्रै व्यक्ति घाइते भएका बताएका छन् भने यसबारे सरकारी अधिकारीहरूले तत्काल पुष्टि गर्न सकेका छैनन् ।

उडिसाका मुख्यमन्त्री मोहनचरण माझीले भक्तजनको अत्यधिक भीडका कारण यो दुःखद घटना भएको बताउनुभएको छ ।

माझीले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, “ज्यान गुमाउनेका परिवारप्रति म समवेदना प्रकट गर्दछु।”

“यो लापरबाही अक्षम्य छ । सुरक्षामा भएका कमीकमजोरीको तत्काल छानबिन गर्न र दोषीलाई कडा कारबाही गर्न निर्देशन दिएको छु।”

भारतीय धार्मिक चाडहरूमा घातक भागदौड र भीड हुनुलाई एक सामान्य घटना मानिन्छ ।

गत मे महिनामा गोवा राज्यमा आगोमाथि हिड्ने लोकप्रिय अनुष्ठानका लागि हजारौं मानिस भेला भएका समय भएको दुर्घटनामा छ जनाको मृत्यु भएको थियो।

जनवरीमा उत्तरी शहर प्रयागराजमा हिन्दूहरूको महान् चाड कुम्भ मेलामा भएको झडपमा कम्तीमा ३० जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य