२०८३, ५ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अत्यधिक शरणार्थी फिर्ता हुँदा अफगानिस्तानको स्थायित्वमा असर पर्ने जोखिम: संयुक्त राष्ट्रसंघ

२०८२, १५ असार आईतवार १८:०५

अफगान शरणार्थीहरू ठूलो संख्यामा छिमेकी मुलुक इरानबाट आफ्नो देश फर्किन थालेपछि संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त कार्यालय (युएनएचसीआर) ले गहिरो चिन्ता व्यक्त गरेको छ। यसरी ठूलो संख्यामा शरणार्थीहरू एकैचोटि फिर्ता भएपछि अफगानिस्तानको पहिले नै संवेदनशील रहेको स्थायित्वमा थप असर पर्न सक्ने चेतावनी दिइएको हो।

संयुक्त राष्ट्रसंघका अनुसार सन् २०२५ को मार्च २० बाट लागू भएको फिर्ता सम्बन्धी समयसीमापछि हालसम्म ६ लाख ४० हजारभन्दा बढी अफगान नागरिकहरू इरानबाट फर्किएका छन्। इरान र पाकिस्तान दुबैबाट हालसम्म १२ लाखभन्दा बढी अफगानहरू स्वदेश फर्किएको युएनएचसीआरको प्रतिवेदनमा उल्लेख छ।

युएनएचसीआरका अफगानिस्तानस्थित प्रतिनिधि आराफत जमालले भन्नुभयो,“हामीले तुरुन्तै सहयोग पुर्‍याउनु आवश्यक छ। अन्तर्राष्ट्रिय समुदायलाई हामी आग्रह गर्न चाहन्छौं कि उनीहरूले आपतकालीन सहायता मात्र होइन, दीर्घकालीन पुनःस्थापनाका कार्यक्रमहरूमा पनि सहयोग पुर्‍याऊन्। यदि शरणार्थीहरूलाई समाजमा सम्मानजनक र स्थायीरूपमा पुनःस्थापित गर्न सकिएन भने अस्थिरता र पुनः विस्थापनको चक्र निरन्तर दोहोरिन सक्छ।”

संयुक्त राष्ट्रसंघले पुनः आग्रह गर्दै शरणार्थीको फिर्ता स्वेच्छिक, सुरक्षित र मर्यादापूर्ण हुनुपर्ने भनेको छ। । कुनै पनि प्रकारको दबाब वा जबरजस्ती फिर्ताले दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पार्न सक्दैन, बरु समग्र क्षेत्रमा अस्थिरता निम्त्याउन सक्छ।

युएनएचसीआरको अनुमानअनुसार हालसम्म पनि करिब ७० लाख अफगान शरणार्थी विदेशमा बसोबास गरिरहेका छन्, तीमध्ये धेरैजसो इरान र पाकिस्तानमा छन्। तीमध्ये अधिकांशले कुनै पनि कानुनी कागजात नपाएका कारण उनीहरूको अवस्था झनै संवेदनशील रहेको जनाइएको छ।

संयुक्त राष्ट्रसंघले समग्र अन्तर्राष्ट्रिय समुदाय, छिमेकी राष्ट्र र सहयोगी संस्थाहरूलाई अपिल गर्दै शरणार्थीहरूको सुरक्षित पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणमा सक्रिय भूमिका खेल्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता