2026-09-05 07:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

क्यानडाले अमेरिकी प्रविधि कम्पनीहरूमाथि डिजिटल कर लगाउने योजना फिर्ता

काठमाडौँ । क्यानडाले अमेरिकी प्रविधि कम्पनीहरूमाथि डिजिटल कर लगाउने योजना फिर्ता लिएको छ । योसँगै अमेरिका र क्यानडाबिच व्यापार सम्बन्धी वार्ता फेरि सुरु हुनेछ । प्रधानमन्त्री मार्क कार्नी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस विषयमा पुनः वार्ता गर्न सहमत भएको क्यानडाली अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यसअघि शुक्रवार ट्रम्पले ठुला अमेरिकी प्राविधिक कम्पनीहरूलाई कर लगाउने तयारी गरिरहेका कारण क्यानडाले व्यापार वार्ता रोकेको आरोप लगाएका थिए । यस वर्षको सुरुमा दुई देशबिच व्यापार तनाव बढेको थियो । दुवैले एक अर्काको देशबाट आउने सामानमा अतिरिक्त भन्सार महसुल लगाएका थिए ।

‘धेरै ठुला प्राविधिक कम्पनीहरूले क्यानडामा कमाएको आम्दानीमा कर तिर्दैनन् भन्ने तथ्यलाई ध्यानमा राख्दै डिजिटल सेवा कर प्रस्ताव गरिएको हो । क्यानडाको प्राथमिकता सधैँ एउटा यस्तो अन्तर्राष्ट्रिय सम्झौता रहेको छ, ताकि प्रत्येक देशमा फरक कर संरचनाहरू अन्त्य गर्न सकियोस्’ क्यानडा सरकारको विज्ञप्तिमा भनिएको थियो ।

विज्ञप्तिअनुसार क्यानडाले अमेरिकासहित अन्य अन्तर्राष्ट्रिय साझेदारहरूसँग मिलेर साझा डिजिटल कर ढाँचा विकास गर्न काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ