२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भारत–पाकिस्तान विवादले फिल्म र सङ्गीतप्रतिको साझा भावनामा प्रभाव

२०८२, १६ असार सोमबार १३:५१

भारत र पाकिस्तानका आणविक सम्पन्न सेनाहरूबीचको द्वन्द्वले दुई देशबीचको साझा सांस्कृतिक भावनामा चोट पुर्‍याएको छ । दुई देशबीच राजनीतिक रूपमा द्वन्द्व लामो समयदेखिको निको पार्न नसकिएको घाउ बनेको भएपनि त्यहाँका नागरिकको फिल्म र सङ्गीतप्रति साझा भावना रहँदै आएको देखिन्छ ।

दुई देशबीच सबैभन्दा खराब मानिएको मे महिनाको सुरुमा भएको घातक लडाईंले कलाकारहरूको मनोविज्ञानलाई प्रभावित गरेको अनुभव भएको छ । नेताहरूबीचको वैमनस्यताबाट फिल्मी र साङ्गीतिक क्षेत्र पनि अछूतो रहन सकेन ।

पाकिस्तानी र्‍यापर तथा कमेडियन अली गुल पिरले केही वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मजाक गर्दै एउटा गीत सार्वजनिक गर्नुभएको थियो ।

उहाँको युट्युब च्यानल र इन्स्टाग्राम प्रोफाइल भारतमा मे महिनामा ब्लक गरिएको थियो ।

“डिजिटल स्पेसले पाकिस्तानी र भारतीयबीच पुलको काम गर्छ भन्ने कुरा अहिले भारतीयहरूले बुझेका छन् र उनीहरू त्यो सम्बन्ध तोड्न चाहन्छन्,” पिरले एएफपीसँग भन्नुभयो ।

भारत प्रशासित काश्मिरमा गत अप्रिलमा पर्यटकमाथि भएको घातक आक्रमणपछि द्विपक्षीय सम्बन्ध बिग्रिएको भारतीय दावी छ । पाकिस्तानले उक्त आरोपको खण्डन गरेको छ ।

मे महिनामा आपसी कूटनीतिक प्रतिशोधपछि युद्धविराम हुनुअघि दुई देशबीच चार दिनसम्म युद्ध भएको थियो ।

पाकिस्तानी गायिका अनुरल खालिदले पनि आफ्नो भारतीय फलोअर्स कम भएको पाएपछि पहिलो पटक सङ्गीत उद्योगलाई प्रभावित गरेको महसुस गरेको बताउनुभयो ।

खालिदले भन्नुभयो, “स्पोटिफाईमा मेरा मासिक ३१ लाख श्रोता छन् । प्रतिबन्धअघि दिल्ली मेरो सङ्गीत सबैभन्दा बढी सुन्ने सहर थियो ।”

उहाँले एएफपीसँग भन्नुभयो, “मैले भारतीय दर्शकमाझ ठूलो क्षति बेहोर्नुपर्‍यो ।”

खालिदले भन्नुभयो, “सङ्गीतलाई यस्तो चीजमा परिणत गरियो । यो गलत हो । श्रोताहरू अहिले सङ्गीत सामग्रीबाट वञ्चित भएका छन् ।”

सन् २०१७ मा भारतमा स्पोटिफाईमा रिलिज भएको फिल्म ‘रइस’ को ‘साउण्डट्र्याक’ जस्ता केही पूर्व आदानप्रदानलाई पनि द्वन्द्वले समेटेको थियो ।

फिल्ममा पाकिस्तानी सह–कलाकार माहिरा खानलाई हटाइएको छ । भारतीय अभिनेता शाहरुख खानलाई मात्र देखाइएको छ ।

समान आघात –

पाकिस्तानले हरेक वर्ष कडा सेन्सरसिप नियमअन्तर्गत औँलामा गन्न सकिने मात्र फिल्म निर्माण गरिरहेको छ, बलिउड सधैँ दर्शकमाझ लोकप्रिय साबित भएको छ ।

“म बलिउड हेरेर हुर्केको हुँ”, पाकिस्तानी फिल्म समीक्षक सजीर शेखले भन्नुभयो, “हामीसँग एउटै पीडा छ, हाम्रो इतिहास उस्तै छ, हामीसँग एउटै कथा छ ।”

पाकिस्तानी अभिनेता र निर्देशकहरूले दशकौँदेखि बलिउडमा आफ्नो स्थान बनाउनुलाई अन्तिम मान्यताका रूपमा हेरिरहेका छन् ।

तर यसै महिना भारतीय अभिनेता दिलजीत दोसाँझले आफ्नो पछिल्लो फिल्म ‘सरदार जी ३’ सार्वजनिक गर्नुभएको थियो । यसमा चार पाकिस्तानी कलाकार छन् । नयाँदिल्लीले पाकिस्तानी सामग्री र कलाकारहरूलाई प्रोडक्सनमा प्रतिबन्ध लगाएपछि ‘विदेशमा मात्र’ प्रदर्शन हुनेछ ।

पाकिस्तानका फवाद खान र भारतीय अभिनेत्री वाणी कपुर अभिनीत प्रेमकथामा आधारित फिल्म ‘अबिर गुलाल’ मे ९ मा रिलिज हुने तय भए पनि रिलिज स्थगित गरिएको थियो ।

पहिले सीमापार कलात्मक व्यापारलाई समर्थन गर्ने उद्योगका केही व्यक्तिले पनि गत महिना आफ्नो स्वर परिवर्तन गरेका थिए ।

“अब, क्रिकेट, फिल्म, सबै कुरामा प्रतिबन्ध लगाइनुपर्छ,” पाकिस्तानी फ्यान र फलोअर भएका भारतीय अभिनेता सुनील शेट्टीले भन्नुभयो ।

उहाँले सन् २००४ को चलचित्र ‘मै हुँ ना’ मा अभिनय गर्नुभएको थियो । यसले भारत र पाकिस्तानबीच शान्तिलाई सूक्ष्म रूपमा बढावा दिन्छ ।

पाकिस्तानमा रहेको दक्षिण एसियाको म्युजिक लेबल वार्नर ब्रदर्सका असिस्टेन्ट म्यानेजर दुआ जाहराले भन्नुभयो, “राजनीतिका लागि यो वास्तवमै दुर्भाग्यपूर्ण कुरा हो ।”

आउनुस्, कला मात्र बनाऔँ –

काश्मिर आक्रमणपछि नयाँदिल्लीले केही पाकिस्तानी युट्युब च्यानलमाथि प्रतिबन्ध लगाएको थियो जसमा निजी प्रसारक एचयुएम टिभी पनि सामेल थियो ।

करिब ४० प्रतिशत दर्शक भारतीय रहेको बताउने च्यानलले आफ्ना फ्यानहरुलाई भिपिएनको प्रयोग गरेर च्यानल हेर्ने काम जारी राख्न भनेको छ ।

एक दशकभन्दा अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पदभार ग्रहण गरेदेखि धेरै भारतीय आलोचक र फिल्म निर्माताहरूले बलिउडले अब उहाँको सरकारको हिन्दू राष्ट्रवादी विचारधारालाई मात्र बढावा दिइरहेको बताएका छन् ।

द्वन्द्वले सांस्कृतिक परिदृश्यमा विभाजन सिर्जना गरेको भए तापनि व्यापार कायम रहने सङ्केतहरू छन् ।

युद्धविरामको एक महिनापछि, तीन भारतीय फिल्म नेटफ्लिक्स पाकिस्तानमा शीर्ष १० स्थानमामा थिए भने भारतमा शीर्ष २० वटा ट्रेन्डिङ गीतमा दुई पाकिस्तानी गीत परेका छन् ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी