२०८२, २६ माघ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

राष्ट्रसङ्घको नेतृत्वमा अफगानिस्तानको सङ्कट समाधानका लागि दोहा वार्ता सुरु

२०८२, १६ असार सोमबार १७:०१

काठमाडौँ । अफगानिस्तानको सङ्कट समाधानार्थ संयुक्त राष्ट्रसङ्घ नेतृत्वको दोहा वार्ता सोमबार देखि सुरु भएको छ । वार्ता मादक पदार्थको प्रतिरोध, आर्थिक सुधार, सहयोगीहरुको समावेशी सहभागितामा केन्द्रित रहेको खामा प्रेसले जनाएको छ ।

अफगानिस्तानको आर्थिक र सामाजिक सङ्कटलाई सम्बोधन गर्ने उद्देश्यले दोहा प्रक्रिया बैठकहरूको नयाँ चरण सोमबार र मङ्गलबार कतारको दोहामा हुनेछ । अफगानिस्तानमा संयुक्त राष्ट्र सहायता मिसन (युएनएएमए) ले संयुक्त राष्ट्र सदस्य राष्ट्रका प्रतिनिधि, तालिबान अधिकारी, अफगानिस्तान नागरिक समाज, राष्ट्रिय र अन्तर्राष्ट्रिय प्राविधिक विशेषज्ञलगायतको सहभागिता रहनेछ ।

युएनएएमएका प्रवक्ताले आगामी छलफल मादक पदार्थ विरोधी प्रयास र अफगानिस्तानको निजी क्षेत्रको विकास प्राविधिक कार्य समूहले लागुऔषध तस्करीसँग लड्न र निजी क्षेत्रको वृद्धिको माध्यमबाट आर्थिक सुधारलाई बढावा दिने रणनीति केन्द्रित हुने प्रवक्तालाई उद्धृत गर्दै खामा प्रेसले जनाएको छ ।

सन् २०२३ मा संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्मा पेस गरिएको स्वतन्त्र मूल्याङ्कन प्रतिवेदनको सिफारिस पछि कार्यसमूहहरू स्थापना गरिएको थियो । प्रतिवेदनले अफगानिस्तानसँग विशेष गरी गैर–राजनीतिक, प्राविधिक सहयोगको माध्यमबाट थप संरचित, समावेशी र समन्वित विश्वव्यापी संलग्नताका लागि आह्वान गरेको छ ।

युएनएएमएले बैठकहरू तालिबानलाई औपचारिक मान्यता प्रदान गर्ने उद्देश्यले नभई अफगानिस्तानका जनतालाई समर्थन गर्न व्यावहारिक मार्गहरू खोज्नको लागि आयोजना गरिएको जनाएको छ ।

यी बैठकहरूको लक्ष्य विशेष आर्थिक विकास, लागुऔषध नियन्त्रणजस्ता क्षेत्रहरूमा अफगानिस्तानको सङ्कटहरूको व्यावहारिक, अराजनैतिक समाधानहरू विकास गर्नु हो ।

सन् २०२१ अगस्टमा तालिबान सत्तामा फर्किएपछि अफगानिस्तानको मानवीय र आर्थिक स्थिति बिग्रँदै गएको छ ।

सन् २०२३ मा संयुक्त राष्ट्रद्वारा नियुक्त विशेषज्ञले फगानिस्तानको अवस्थाको स्वतन्त्र मूल्याङ्कनको प्रतिवेदनले राजनीतिक मान्यता बहसमा नपरेर खाद्य असुरक्षा, स्वास्थ्य सेवाको अभाव, शिक्षाको खाडल र जीविकोपार्जनलाई सम्बोधन गर्न समावेशी प्राविधिक मञ्चहरू सिर्जना गर्न पर्नेमा जोड दिएको छ ।

बैठकको यो आगामी चरण रचनात्मक रहने अपेक्षा गरिएको र यसको उद्देश्य सहयोग, संवाद र समन्वित कार्यको माध्यमबाट अफगानिस्तानको दबाबपूर्ण चुनौतिहरू समाधान गर्न सम्बन्धित सबैलाई एकजुट गर्नु रहेको सहभागी अफगानी प्रतिनिधिले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न राप्रपाको माग निर्वाचनका लागि सुरक्षा सुदृढ बनाउन सरकार प्रतिवद्ध छ: गृहमन्त्री अर्याल चुनाव पछाडि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन: गगन थापा यसपटक चितवन मात्र जितेर हुँदैन, देशैभरि जित्नुपर्ने अवस्था छ: रवि लामिछाने प्रधानमन्त्री कार्कीबाट अभिनेता सुनिल थापाको निधनप्रति दुख व्यक्त एघार हतियार बुझाइयो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु वरिष्ठ कलाकार सुनिल थापाको निधन काठमाडौँमा चर्को आवाज निकाल्ने मोटरसाइकलमाथि कडा निगरानी मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु स्रोत नखुलेको रकमसहित एक जना पक्राउ भिड्न आउँछु भन्नेलाई म स्वागत गर्छु: केपी शर्मा ओली नेपाल–भारत सीमामा हतियारसहित एकजना पक्राउ नेपालको सबैभन्दा पुरानो पार्टी पनि कांग्रेस हो र सबैभन्दा नयाँ पार्टी पनि कांग्रेस नै हो: सभापति थापा सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै सुनचाँदीको मूल्य घट्यो कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो