2026-06-26 06:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

युरोपेली सुरक्षामा आँच नपुर्‍याउन चीनलाई इयूको आग्रह

युरोपेली सङ्घ (इयू) का विदेश मामिला प्रमुख काजा कल्लासले यसै महिनाको अन्त्यमा ब्रसेल्समा हुने नेताहरूको शिखर सम्मेलनअघि चीनका शीर्ष कूटनीतिज्ञबीच ब्रसेल्समा भएको वार्तालाई मध्यनजर गर्दै युरोपको सुरक्षालाई कमजोर नबनाउन बेइजिङसँग आग्रह गर्नुभएको छ ।

“चीन हाम्रो विरोधी होइन, तर सुरक्षाको सवालमा हाम्रो सम्बन्ध तनावमा छ,” चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटअघि कल्लासले भन्नुभयो ।

उहाँले भन्नुभयो, “युक्रेनविरुद्धको युद्धलाई निरन्तरता दिन चिनियाँ कम्पनीहरू मस्कोको लागि लाइफलाइन हुन् । बेइजिङले साइबर आक्रमण गर्छ, हाम्रो लोकतन्त्रमा हस्तक्षेप गर्छ र अनुचित व्यापार गर्छ । यी कार्यहरूले युरोपेली सुरक्षा र रोजगारीलाई हानि पुर्याउँछ ।”

चिनियाँ राष्ट्रपति सी चिनफिङ र युरोपेली सङ्घका शीर्ष अधिकारीबीच बेइजिङमा हुन लागेको शिखर वार्ताको तीन हप्ताअघि वाङ ब्रसेल्स जानुहुनेछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर युद्ध सुरु गरेर प्रमुख व्यापारिक शक्तिहरूलाई तर्साएको बेला ईयूले चीनसँग सम्बन्ध सुधारको ढोका खोलेको छ । तर सुधारको साटो ब्रसेल्स र बेइजिङबीच चीनको कथित अनुचित अभ्यासलाई लिएर व्यापार विवाद झनै चर्केको छ ।

२७ राष्ट्रहरूको समूहले अझै पनि चीनमार्फत रूसको सेनामा महत्वपूर्ण प्रविधिको प्रवाह भइरहेको भनी विरोध गरिरहेको छ ।

कल्लासले भन्नुभयो, “युरोपसँग घनिष्ठ सम्बन्ध कायम गर्न खोज्दा युरोपमा युद्धलाई सहयोग गर्नु एउटा विरोधाभास हो जुन बेइजिङले सम्बोधन गर्नु पर्दछ ।”

अस्थिर विश्वमा बेइजिङले आफ्नो बढ्दो शक्तिलाई अन्तर्राष्ट्रिय कानुनको पालनाका लागि प्रयोग गर्नुपर्छ ।

बेइजिङलाई दबाब दिने प्रयासस्वरुप युरोपेली सङ्घ (इयू) ले मस्कोको युद्ध प्रयासमा सहयोग गरेको आरोप लागेका चिनियाँ कम्पनीसँगको व्यापारमा प्रतिबन्ध लगाएको छ । तर इयूका अधिकारीहरू बेइजिङलाई मस्कोसँगको महत्वपूर्ण रणनीतिक साझेदारीबाट हटाउन असफल भएको स्वीकार्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ