2026-06-26 06:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

इरानद्वारा घरेलु र अन्तर्राष्ट्रिय उडानका लागि हवाई क्षेत्र खुला

शुक्रबार इरानले इजरायलसँगको युद्धका कारण जुन १३ मा बन्द गरिएको आफ्नो हवाई क्षेत्र पुनः खोलेको घोषणा गरेको सरकारी मिडियाले जनाएको छ ।
“मेहराबाद र इमाम खोमेनी विमानस्थलहरूका साथै देशको उत्तर, पूर्व, पश्चिम र दक्षिणका विमानस्थलहरू पुनः सञ्चालनमा ल्याइएको छ र उडान सेवाहरू प्रदान गर्न तयार छ”, आधिकारिक इरना समाचार एजेन्सीले भनेको छ ।
इस्फहान र तब्रिज विमानस्थल बाहेक देशका सबै विमानस्थलबाट घरेलु र अन्तर्राष्ट्रिय उडानहरू स्थानीय समयानुसार बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गरिने अधिकारीहरूले बताएका छन् ।
साथै, इस्फहान र तब्रिज विमानस्थलको पूर्वाधार तयार भएपछि यी दुई विमानस्थल पनि देशको हवाई यातायात नेटवर्कमा सामेल हुनेछन् ।
यसैबीच, संयुक्त राज्य अमेरिकाले गत महिना इजरायल र इरानबीच युद्धविराम लागु भएपछि इरानी तेल निर्यातविरुद्ध बिहीबार नयाँ प्रतिबन्धको शृङ्खला जारी गरेको अल जजिराले जनाएको छ ।
प्रतिबन्धले लक्षित गर्नेहरूमध्ये इराकी व्यापारी सलिम अहमद सइद र उहाँको संयुक्त अरब इमिरेट्समा आधारित कम्पनी पनि छन् । सइदमाथि अमेरिकाले इराकी तेलमा मिसाएर इरानी तेल तस्करी गरेको आरोप लगाएको छ ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले एक विज्ञप्तिमा भन्नुभयो, “मन्त्रालयले तेहरानको राजस्व स्रोतहरूलाई लक्षित गर्न जारी राख्नेछ र यसको अस्थिर गतिविधिहरूलाई बढावा दिने वित्तीय स्रोतहरूमा शासनको पहुँचलाई अवरोध गर्न आर्थिक दबाब बढाउनेछ ।”
यस वर्षको जुनमा इजरायल र अमेरिकाले हवाई आक्रमणको लहर सुरु गरेपछि इरानले आफ्नो हवाई क्षेत्र पूर्ण रूपमा बन्द गरेको थियो । इजरायल र अमेरिकाले आक्रमण गरेपछि इरानले जवाफी क्षेप्यास्त्र प्रहार गरेको थियो ।
इजरायलले जुन १३ मा इरानमाथि गरेको लक्षित आक्रमणमा शीर्ष इरानी सेना र सुरक्षा अधिकारीहरू मारिएका थिए । सोही दिन इरानले इजरायली कब्जामा रहेका क्षेत्रहरूमा क्षेप्यास्त्र र ड्रोनद्वारा लक्षित गरी जवाबी कारबाही गरेको थियो ।
जुन २२ मा अमेरिका इजरायली अभियानमा सामेल भयो र तीन इरानी आणविक सुविधाहरू–नातान्ज, इस्फहान र फोर्डोमा आक्रमण गर्‍यो ।
त्यसको एक दिनपछि इरानले कतारमा रहेको अमेरिकी वायु सेनाको केन्द्रीय कमान्डको मुख्यालय पश्चिम एसियामा रहेको अमेरिकाको सबैभन्दा ठूलो सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार गरेर जवाफ दियो । त्यसको एक दिनपछि जुन २४ मा दुई देशबिच युद्धविराम भएको थियो ।
यसैबीच, पेन्टागनले हालैको मूल्याङ्कनमा इरानको आणविक सुविधाहरूमा अमेरिकी आक्रमणपछि आणविक हतियार निर्माण गर्ने इरानको क्षमता ‘दुई वर्षको नजिक’ रहेको बताएको छ ।
पछिल्लो गुप्तचरले के देखाउन सक्छ भनेर सोधिएको प्रश्नमा पेन्टागनका प्रमुख प्रवक्ता सीन पार्नेलले पेन्टागन ब्रिफिङमा पत्रकारहरूलाई इरानको आणविक साइटहरू ‘पूर्ण रूपमा नष्ट’ भएकोमा प्रशासनको स्थिति अपरिवर्तित रहेको बताउनुभयो ।
इजरायलले आक्रमण गर्दा इरान आफ्नो आणविक कार्यक्रम र तेहरानमाथि अमेरिका र अन्तर्राष्ट्रिय प्रतिबन्धहरूमाथि संयुक्त राज्य अमेरिकासँग ‘अप्रत्यक्ष वार्ता’ मा संलग्न थियो ।
नयाँ वार्ता चाँडै हुन लागेको बेला इजरायली आक्रमणले युद्ध सुरु गरेपछि प्रभावकारी रूपमा रद्द गरियो । इटाली र ओमानले इरान र संयुक्त राज्य अमेरिकाबीचको अप्रत्यक्ष वार्ताको अघिल्लो चरणको आयोजना गरेका थिए ।
अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) का महानिर्देशक राफेल ग्रोसीले गत हप्ता इरानले केही महिनाभित्र युरेनियम संवर्धन सुरु गर्नसक्ने विश्वास व्यक्त गर्नुभएको थियो ।
इरानको आणविक कार्यक्रम रोक्ने उद्देश्यले वार्ता सुरु गर्ने युरोपेली सङ्घ (इयु) को पछिल्लो प्रयासलाई इरानले अस्वीकार गरेको विदेशमन्त्री अब्बास अराघचीले बताउनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ