२०८२, २६ माघ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

फ्रान्सका राष्ट्रपति म्याक्रोँले मङ्गलबार बेलायती संसदलाई सम्बोधन गर्ने

२०८२, २० असार शुक्रबार १७:२८

काठमाडौँ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले आगामी साता हुने बेलायतको राजकीय भ्रमणका क्रममा त्यहाँको संसद्लाई सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको छ ।

दुई देशबीचको सम्बन्ध लाई प्रगाढ बनाउने विषयमा हुने शिखर सम्मेलनमा सहभागी हुन उहाँ मङ्गलबार लण्डन जानुहुनेछ ।

राजा चाल्र्स तृतीयको कार्यालय बकिङघम प्यालेसले शुक्रबार भनेको छ, “राष्ट्रपति र श्रीमती म्याक्रोँले वेस्टमिन्स्टर प्यालेसको भ्रमण गर्नुहुनेछ र भ्रमणका क्रममा बेलायती संसद्लाई सम्बोधन गर्नुहुनेछ ।

सन् २००८ मा निकोलस सार्कोजीपछि बेलायतको राजकीय भ्रमण गर्ने म्याक्रोँ पहिलो फ्रान्सेली राष्ट्रपति हुनुहुन्छ ।

राजा चाल्स द्वितीयको निमन्त्रणामा फ्रान्सेली नेताले उहाँकी पत्नी ब्रिगिटसहित बेलायतको राजकीय भ्रमण गर्नलाग्नुभएको हो ।

उहाँहरू लण्डनको पश्चिममा रहेको विन्डसर क्यासलस्थित राजा चाल्र्स द्वित्तीयको निवासमा हुने राजकीय भोजमा सहभागी हुनुहुनेछ ।

विन्डसरमा रहँदा म्याक्रोँले सेन्ट जर्ज च्यापलमा दिवङ्गत महारानी एलिजाबेथ द्वितीयको समाधिस्थलमा फूल चढाउने कार्यक्रम छ ।

सन् २०२३ को सेप्टेम्बरमा चाल्र्सले फ्रान्सको राजकीय भ्रमण गर्नुभएको थियो ।

भ्रमणका क्रममा म्याक्रोँले बेलायती प्रधानमन्त्री केइर स्टार्मरसँग पनि भेटवार्ता गर्नुहुनेछ ।

बेलायतको कन्जरभेटिभ पार्टीको अघिल्लो सरकारको पालामा अर्थात् ब्रेक्जिटपछि पेरिस र लण्डनबीच राजनीतिक तनाव बढेको थियो तर स्टार्मरको नेतृत्वमा रहेको मध्य–वामपन्थी लेबर सरकारको नेतृत्वमा सम्बन्धमा नयाँ न्यानोपन आएको छ र दुई देशले युक्रेनका लागि शान्ति खोज्ने युरोपेली प्रयासको नेतृत्व गरिरहेका छन् ।

बेलायतको प्रमुख राजनीतिक मुद्दाका रुपमा रहेको च्यानलको जोखिमपूर्ण स–साना डुङ्गा पार गर्ने आप्रवासीलाई रोक्ने रणनीतिमा दुई देशबीच सहमति हुन सकेको छैन ।

बिहीबार लण्डनमा हुने ३७ औं फ्रेन्को–ब्रिटिस शिखर सम्मेलनको एजेन्डामा यो विषय उच्च हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न राप्रपाको माग निर्वाचनका लागि सुरक्षा सुदृढ बनाउन सरकार प्रतिवद्ध छ: गृहमन्त्री अर्याल चुनाव पछाडि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन: गगन थापा यसपटक चितवन मात्र जितेर हुँदैन, देशैभरि जित्नुपर्ने अवस्था छ: रवि लामिछाने प्रधानमन्त्री कार्कीबाट अभिनेता सुनिल थापाको निधनप्रति दुख व्यक्त एघार हतियार बुझाइयो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु वरिष्ठ कलाकार सुनिल थापाको निधन काठमाडौँमा चर्को आवाज निकाल्ने मोटरसाइकलमाथि कडा निगरानी मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु स्रोत नखुलेको रकमसहित एक जना पक्राउ भिड्न आउँछु भन्नेलाई म स्वागत गर्छु: केपी शर्मा ओली नेपाल–भारत सीमामा हतियारसहित एकजना पक्राउ नेपालको सबैभन्दा पुरानो पार्टी पनि कांग्रेस हो र सबैभन्दा नयाँ पार्टी पनि कांग्रेस नै हो: सभापति थापा सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै सुनचाँदीको मूल्य घट्यो कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो