३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

क्याम्बोडियामा हवाई यातायात विस्तारसँगै यात्रु आगमनमा उल्लेखनीय वृद्धि

२१ असार २०८२, शनिबार १४:११

काठमाडौँ । क्याम्बोडियाले सन् २०२५ को पहिलो छ महिनामा कुल ३४ लाख २० हजार अन्तर्राष्ट्रिय हवाई यात्रुहरूको आगमन दर्ता गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६ प्रतिशतले बढी हो।

राज्य नागरिक उड्डयन सचिवालयद्वारा सार्वजनिक गरिएको प्रतिवेदनअनुसार, यो वर्षको जनवरीदेखि जुन
महिनासम्म क्याम्बोडिया आएका अधिकांश हवाई यात्रुहरू चीन, थाइल्याण्ड, भियतनाम, दक्षिण कोरिया र जापानबाट आएका थिए।

सचिवालयका सचिव तथा प्रवक्तासिन्न चानसेरेय भुथाले भन्नुभयो, “क्याम्बोडियाले सन् २०२५ भित्र करिब ७५ लाख यात्रुहरू सेवा दिन सक्ने अनुमान गरिएको छ, जुन सन् २०२४ मा दर्ता भएको ६२ लाख ४० हजार यात्रुहरूको तुलनामा २० प्रतिशतले बढी हो।”

उहाँले सन् २०२३ को नोभेम्बरमा सञ्चालनमा आएको सिएम रियप अङ्कोर अन्तर्राष्ट्रिय विमानस्थल र सन् २०२५ को सेप्टेम्बरमा सञ्चालनमा आउने टेचो अन्तर्राष्ट्रिय विमानस्थलले अन्तर्राष्ट्रिय उडान र यात्रुहरूलाई आकर्षित गर्न ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

“यी दुई विमानस्थल संसारभरिका लगभग सबै प्रकारका जहाजहरू अवतरण गर्न सक्ने क्षमतायुक्त छन्, त्यसैले म विश्वस्त छु कि यी विमानस्थलहरूले क्याम्बोडियासँग प्रत्यक्ष उडान गर्न चाहने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई आकर्षित गर्नेछन्,” उहाँले भन्नुभयो।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली