2026-09-05 06:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भन्सार शुल्कमा ट्रम्पसँग ‘सजिलै सम्झौता’ नगर्ने जापानी प्रधानमन्त्रीको भनाइ

जापानका प्रधानमन्त्री शिगेरु इशिबाले आइतबार टोकियोले राष्ट्रपति डोनाल्ड ट्रम्पको जापानी सामानहरूमा ३५ प्रतिशतसम्म भन्सार शुल्क लगाउने धम्कीलाई टार्न खोजिरहेको छ भन्दै वासिङ्टनसँग वार्तामा ‘सजिलै सम्झौता’ नगर्ने बताउनुभएको छ ।

“हामी सजिलै सम्झौता गर्नेछैनौँ । त्यसैले समय लागिरहेको छ र त्यसैले यो कठिन छ”, इशिबाले एक टेलिभिजन टक शोमा भन्नुभयो ।

व्यापार सम्झौताका लागि बुधबारको समयसीमा अघि जापानले ट्रम्प प्रशासनसँग वार्ता गर्न हतार गर्दा उहाँको यस्तो टिप्पणी आएको हो ।

ट्रम्पले अप्रिलमा धेरैजसो व्यापारिक साझेदारहरूबाट आयातमा व्यापक १० प्रतिशत भन्सार शुल्क लगाउनुभए पनि उहाँले जापान लगायत दर्जनौँ अर्थतन्त्रहरूमा उच्च दरहरू घोषणा गर्नुभयो र वार्ताका लागि ठाउँ दिन त्यसपछि रोक्नुभयो ।

यो रोकावट जुलाई ९ मा समाप्त हुनेछ । यसको अर्थ यदि देशहरूले तिनीहरूलाई टार्न वासिङ्टनसँग सम्झौता गर्न असफल भएमा उच्च दरहरू लागू हुनेछन् ।

ट्रम्पले जापानलाई ‘३० प्रतिशत, ३५ प्रतिशत वा हामीले निर्धारण गरेको सङ्ख्या तिर्न’ भन्दै पत्र लेख्न जाँदै गरेको र द्विपक्षीय व्यापार सम्बन्धलाई ‘अनुचित’ भन्नुभएको छ ।

उहाँले विशेषगरी जापानलाई थप अमेरिकी अटोमोबाइल र चामल स्वीकार गर्न दबाब दिनुभएको छ ।

टोकियोका व्यापार दूत रियोसेइ अकाजावाले बिहीबार र शनिबार अमेरिकी वाणिज्यमन्त्री हावर्ड लुटनिकसँग टेलिफोनमा कुरा गर्नुभएको थियो ।

सन्डे टेलिभिजन कार्यक्रममा इशिबाले अमेरिकी अर्थतन्त्रमा सबैभन्दा ठूलो लगानीकर्ता राष्ट्रका रूपमा जापानलाई अन्य देशभन्दा फरक व्यवहार गर्नुपर्ने कुरा दोहोर्‍याउनुभयो ।

“के अन्याय हो ? यो कसरी अनुचित छ ? हामीले अमेरिकी दावीहरू मध्ये प्रत्येकको जाँच गर्न आवश्यक छ”, उहाँले भन्नुभयो, “हामी सहयोगी हौँ, तर हामीले भन्नैपर्ने कुरा भन्नुपर्छ । हामी विश्वको सबैभन्दा ठूलो लगानीकर्ता राष्ट्र र सबैभन्दा ठूलो रोजगारी सिर्जनाकर्ता (अमेरिकामा) हौँ । हामी फरक छौँ ।”

अर्को सन्डे टेलिभिजन कार्यक्रममा इशिबाले ट्रम्पको पत्रलाई कसरी सामना गर्ने योजना छ भनेर सोध्दा जापानले ‘सबै प्रकारका परिस्थितिहरूको सामना गर्न तयारी गरिरहेको’ बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो