2026-09-05 05:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

करिब चार लाख ५० हजार अफगानी इरानबाट स्वदेश फिर्ता

इरानले आवाश्यक कागजात नभएका व्यक्तिहरूलाई जुलाई ६ सम्म देश छोड्न आदेश दिएपछि जुन महिनाको सुरुदेखि करिब चार लाख ५० हजार अफगानीहरू इरानबाट फर्केको संयुक्त राष्ट्रसङ्घको आप्रवासन एजेन्सी (आइओएम) ले सोमबार बताएको छ ।

गत मे महिनाको अन्त्यमा, इरानले जुलाई ६ सम्ममा कागजातविहीन अफगानहरूले देश छोड्नुपर्ने बताएको थियो ।

जुनको मध्यदेखि सीमा पार गर्ने मानिसहरूको सङ्ख्या बढेको र केही दिनहरूमा पश्चिमी हेरात प्रान्तको इस्लाम काला सीमाबाट करिब ४० हजार मानिसहरू स्वदेश भित्रिएको संयुक्त राष्ट्रसङ्घीय निकायले बताएका छन् ।

जुन १ देखि जुलाई ५ सम्म चार लाख ४९ हजार २१८ अफगानहरू इरानबाट फर्केको आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्ठनका प्रवक्तालाई लक्षित गर्दै एएफपीले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घ, अन्तर्राष्ट्रिय गैरसरकारी समूह र तालिबान अधिकारीहरूले फर्कनेहरूलाई सहयोग गर्न थप कोषको आह्वान गर्दै विदेशी सहायता कटौतीले सङ्कट व्यवस्थापनमा असर पारेको जनाएका छन् ।

संयुक्त राष्ट्रसङ्घले यो आगमनले गरिबी, बेरोजगारी र जलवायु परिवर्तनसँग सम्बन्धित समस्यासँग जुझिरहेको देशलाई अस्थिर बनाउन सक्ने चेतावनी दिँदै सम्बन्धित राष्ट्रहरूलाई अफगानहरूलाई जबरजस्ती फिर्ता नगर्न आग्रह गरेको छ ।

अफगानहरूलाई फिर्ता गर्न बाध्य पार्नु वा दबाब दिनुले यस क्षेत्रमा थप अस्थिरता ल्याउनुका साथै युरोपतर्फ अघि बढ्ने जोखिम रहेको संयुक्त राष्ट्रसङ्घको शरणार्थी एजेन्सी युएनएचसीआरले विज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु