2026-09-14 12:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बागमती प्रदेश

भोटेकोसीको बाढीमा ९ जना नेपालीलाई बग्दा,बर्दियाका ५ जना

रसुवामा मंगलबार बिहान भोटेकोसीको बाढीमा बेपत्ता ९ नेपालीमध्ये ५ जना एकै जिल्ला बर्दियाका परेका छन्। सशस्त्र प्रहरी बलले उपलब्ध गराएको बेपत्ताहरूको सूचीमा बर्दिया जिल्ला ठेगानामा भएका ५ जना छन्। सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बाढीले भन्सार यार्डमा काम गर्नेमध्ये ९ जना नेपालीलाई बगाएको हो।

जसमा बर्दिया ठेगाना भएका ३६ वर्षीय जिपन चौधरी, ३५ वर्षीय सन्तोष दइत, २५ वर्षीय बुद्धिराम राम थारु, २४ वर्षीय लक्ष्मीनारायण थारु र ३० वर्षीय सुरेश थारु छन्।

बाँकी ४ नेपालीमा बागलुङ घर भएका, वर्ष नखुलेका नरेन्द्र विक, सिन्धुपाल्चोक घर भएका कन्टेनर डिब्बा चालक, वर्ष नखुलेका फुर्वा लामा, ठेगाना र वर्ष नखुलेका मिक्चर चालक गोविन्द मोक्तान र हाइलक्स चालक लोकमान तामाङ छन्।

बाढीमा उनीहरूसँगै ६ चिनियाँ पुरुष पनि बाढीमा बगेका छन्। प्रहरीका अनुसार भोटेकोसीको बाढीपछि चिनियाँ नागरिकहरू यु युए, ली हुक्वाइङ, याङ चुआन, यु हाइ हाङ, यु छिआओ कुई र जोउ योङ बेपत्ता छन्।

यसैगरी उद्धारमा खटिका तीन प्रहरीलाई पनि बाढीले बगाएको छ।

रसुवा जिल्ला प्रहरी कार्यालयका अनुसार बाढीमा प्रहरी चौकी हाकु रसुवा दरबन्दी भई इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत, रामेछाप लिखु तामाकोसी गाउँपालिका-४ ठेगानाका ४२ वर्षीय प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, पर्सा जिल्ला प्रहरी कार्यालय दरबन्दी भई इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत, बाराको फेटा गाउँपालिका-१ ठेगानाका २४ वर्षीय प्रहरी जवान मुन्ना ठाकुर र प्रहरी चौकी लाङटाङ रसुवा दरबन्दी भई इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत, बझाङको बुंगल नगरपालिका-९ ठेगानाका २३ वर्षीय प्रहरी जवान लोकेन्द्र बोहोरा बाढीमा बेपत्ता भएका हुन्।

सबै गरेर अहिलेसम्म बाढीमा १८ जना बेपत्ता भएको विवरण प्राप्त भएको छ। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले