2026-06-17 03:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अमेरिकाले युक्रेनमा थप हतियार पठाउने :राष्ट्रपति ट्रम्प

रुसले आफ्नो छिमेकी विरुद्धको युद्धमा नयाँ लाभ हासिल गरेको दाबी गरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार अमेरिकाले युक्रेनमा थप हतियार पठाउने बताउनुभएको छ ।
ट्रम्पको घोषणा वासिङ्टनले गत हप्ता किएभलाई केही हतियार ढुवानी रोकेको बताएपछि आएको हो । हतियार ढुवानीको रोकले युक्रेनी अधिकारीहरूलाई अचम्ममा पारेको थियो र स्पष्टताका लागि सङ्घर्ष गर्न बाध्य बनाएको थियो ।
तीन वर्षभन्दा बढी समयको युद्धमा रुसको सबैभन्दा ठूलो क्षेप्यास्त्र र ड्रोन आक्रमणको सामना गरिरहेको किएभका लागि यो रोकावटले सम्भावित गम्भीर चुनौती खडा गरेको छ ।
“हामीले थप हतियारहरू पठाउनु पर्नेछ–मुख्यतया रक्षात्मक हतियारहरू”, ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूलाई युक्रेनका बारेमा भन्नुभयो, “उनीहरूलाई धेरै, धेरै कडा चोट लागेको छ ।” साथै उहाँले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ‘खुसी नभएको’ बताउनुभयो ।
पुटिनले सन् २०२२ मा युक्रेनमा पूर्ण आक्रमण सुरु गर्नुभएको थियो र ट्रम्पको दबाबका बावजुद द्वन्द्व अन्त्य गर्न थोरै इच्छा देखाउनुभएको छ ।
मस्कोले सोमबार आफ्ना बलहरूले महिनौँसम्म अगाडि बढेपछि युक्रेनको मध्य डनिप्रोपेत्रोभस्क क्षेत्रमा पहिलो गाउँ कब्जा गरेको बताएपछि अमेरिकी राष्ट्रपतिले युक्रेनलाई थप हतियारहरू पठाउने प्रतिज्ञा गर्नुभएको हो ।
घोषणा हुनुअघि रुसले युक्रेनको सैन्य भर्ती केन्द्रहरूसहित नयाँ ठूलो मात्रामा ड्रोन र मिसाइल आक्रमण सुरु गरेको थियो ।
किएभले पनि मस्को क्षेत्रमा रहेको रूसी गोलाबारुद कारखानामा ड्रोन आक्रमण गरेको बताएको छ ।
रुसले आफ्ना बलहरूले डनिप्रोपेत्रोभस्क क्षेत्रको डाच्ने गाउँ कब्जा गरेको बताएको छ । उक्त गाउँ एक महत्त्वपूर्ण औद्योगिक खानी क्षेत्र हो र यसले बढ्दो रुसी हवाई आक्रमणको सामना गरिरहेको छ ।
गत महिना, मस्कोले आफ्ना बलहरूले आफ्नो अभियानमा पहिलो पटक डनिप्रोपेत्रोभस्क क्षेत्रको सिमाना पार गरेको बताएको थियो ।
रुसी बलहरूले हालैका महिनाहरूमा क्षेत्रीय सिमाना पार गर्नुलाई मुख्य रणनीतिक उद्देश्य बनाएको देखिन्छ र त्यहाँ गहिरो अग्रगतिले युक्रेनका लागि रसद र आर्थिक समस्याहरू खडा गर्नसक्छ ।
किएभले अहिलेसम्म डनिप्रोपेत्रोभस्कमा कुनै पनि रुसी उपस्थितिलाई अस्वीकार गरेको छ ।
युक्रेनको सेनाले सोमबारको सुरुमा आफ्नो सेनाले डाच्नेको ‘वरपर’ सहित डनिप्रोपेत्रोभस्कमा भएका आक्रमणहरूलाई ‘प्रतिरोध’ बताएको थियो ।
डनिप्रोपेत्रोभस्क पाँच युक्रेनी क्षेत्रहरू डोनेत्स्क, खेर्सन, लुगान्स्क, जापोरिज्जिया र क्रिमियामध्ये एक होइन । यी पाँच क्षेत्रलाई मस्कोले सार्वजनिक रूपमा रुसी क्षेत्र भनेको छ ।
डनिप्रोपेत्रोभस्कको अवस्थालाई किएभका बलहरूका लागि ‘कठिन’ भनेर वर्णन गर्दै युक्रेनी सैन्य विशेषज्ञ अलेक्सी कोपित्कोले रुसले यस क्षेत्रमा कुनै प्रकारको बफर जोन बनाउन चाहेको बताउनुभयो ।
“हाम्रा सेनाहरूले आफ्नो स्थिति निकै स्थिर रूपमा राखिरहेका छन्”, उहाँले भन्नुभयो ।
ह्वाइट हाउसले गत हप्ता कुन हतियार कार्यक्रमहरू प्रभावित भएका थिए भन्ने विवरण नदिई ट्रम्पका पूर्ववर्ती जो बाइडेनले प्रतिज्ञा गरेका केही मुख्य हतियार ढुवानी युक्रेनलाई रोकेको बताएको थियो ।
अमेरिकी रक्षा आवश्यकता र विदेशलाई सैन्य सहयोगको समीक्षा गरेपछि यो निर्णय गरिएको वासिङ्टनले बताएको थियो ।
बाइडेनले पठाउनुभएको अर्बौं डलरको समर्थन र हतियारको आलोचना गर्दै जनवरीमा ट्रम्प ह्वाइट हाउस फर्केपछि किएभलाई लामो समयदेखि अमेरिकी सहायता रोकिने त्रास छ ।
बाइडेन प्रशासनअन्तर्गत वासिङ्टनले युक्रेनलाई ६५ अर्ब डलरभन्दा बढी सैन्य सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो ।
ट्रम्पले दोस्रो पटक पदभार सम्हालेदेखि किएभका लागि कुनै नयाँ सैन्य सहायता प्याकेजको घोषणा गर्नुभएको छैन ।
यसको सट्टा रिपब्लिकन राष्ट्रपतिले पुटिनसँगको फोन वार्तासहित दुवै पक्षलाई शान्ति वार्तामा धकेल्नुभएको छ । रुसी राष्ट्रपति पुटिनले युद्धविरामका लागि निवेदन अस्वीकार गर्नुभएको छ र युक्रेनले युद्धको अन्त्य गर्न चाहेको खण्डमा थप क्षेत्र हस्तान्तरण गर्न माग गर्नुभएको छ ।
सोमबार ट्रम्पको टिप्पणीअघि युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले हवाई रक्षा ‘जीवन रक्षा गर्न शीर्ष प्राथमिकता’ रहेको र उहाँको देशले ‘हामीले सहमति गरेका कुराहरू पूर्ण रूपमा पुरा गर्न’ साझेदारहरूमा भर परेको बताउनुभयो ।
दक्षिणी युक्रेनी सहर माइकोलाइभमा रातिदेखि मङ्गलबारसम्म विस्फोटको आवाज सुनिएको थियो । मेयर ओलेक्सान्डर सेन्केभिचले टेलिग्राममा ‘ड्रोनको खतरा’ जारी रहेको लेख्नुभएको छ ।
माइकोलाइभका क्षेत्रीय गभर्नर भिटाली किमले सहरको बाहिरी भागमा गोलाबारीका कारण आगलागी भएको र ५१ वर्षीय व्यक्ति घाइते भएको बताउनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ