२०८३, ६ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ

२०८२, २८ असार शनिबार १४:०४

इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर इन्धन प्रवेश गर्न दिइए पनि त्यो आपूर्ति अत्यन्तै न्यून भएको र गम्भीर मानवीय संकट समाधान गर्न अपर्याप्त रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ।

संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) का अनुसार, गाजामा दैनिकरूपमा लाखौं लिटर इन्धन आवश्यक पर्दछ, जसको प्रयोग स्वास्थ्य सेवा, खानेपानी आपूर्ति, सरसफाइ तथा आपतकालीन सेवाहरूको सञ्चालनका लागि अत्यावश्यक हुन्छ। चार महिनाभन्दा लामो समयदेखि जारी इन्धन प्रतिबन्धका कारण सेवा प्रवाहमा गम्भीर असर परेको ओसीएचएले जनाएको छ।

“स्पष्ट रूपमा भन्नुपर्दा, गाजामा इन्धनको अभाव अत्यन्त चिन्ताजनक अवस्थामा पुगेको छ,” ओसीएचएद्वारा जारी विज्ञप्तिमा भनिएको छ। “यदि अहिले कायम रहेका सीमितताहरू तुरुन्तै हटाइएनन् र नियमित रूपमा पर्याप्त मात्रामा इन्धन आपूर्ति हुन सकेन भने, धेरै जीवनरक्षक सेवाहरू पूर्णरूपमा बन्द हुने खतरा छ।”
ओसीएचएले गाजाभित्र समयमै पहुँच सुनिश्चित गर्न आग्रह गर्दै आएको छ। इन्धन वितरण प्रयास दक्षिण गाजासम्म सीमित रहेका छन्, किनभने उत्तर गाजातर्फ पु¥याउने अनुमति इजरायलले प्रदान नगरेको ओसीएचएले जनाएको छ।

“उत्तर गाजामा रहेका अस्पतालहरू बन्द हुने स्थितिमा छन्। एम्बुलेन्स सेवा, खानेपानी प्रशोधन केन्द्र र अन्य अत्यावश्यक सेवाहरूमा पनि इन्धनको अत्यधिक अभाव छ,” कार्यालयले जनाएको छ।
इन्धन अभाव मात्र होइन, गाजामा हाल विभिन्न खाले मानवीय चुनौतीहरू थप जटिल बन्दै गएका छन्। युद्धविरामको अभावमा दैनिकजसो निवारण गर्न सकिने मृत्युहरू भइरहेका छन्। भोक, प्यास र उपचारको खोजीमा रहेका सर्वसाधारण सहायता लिन जाँदा पनि ज्यानको जोखिममा परिरहेका छन्।
बिहीबार इजरायलसँग समन्वय गरेर गरिएको १५ सहायता प्रयासमध्ये केवल ६ प्रयासहरू सफल भएका थिए। यसले घाइतेको उद्धार, जोखिमयुक्त क्षेत्रबाट सर्वसाधारणको स्थानान्तरण र स्वास्थ्य उपकरणको मूल्याङ्कनजस्ता महत्वपूर्ण कामहरू प्रभावित पारेको ओसीएचएले जनाएको छ।

बुधबार गाजा सहरको एक क्षेत्रमा १८ जना घाइते व्यक्ति भग्नावशेषमा फसेको सूचना पाएर उद्धार टोली पठाउने अनुमति मागिएको थियो। तर अनुमति ढिला भइ बिहीबारमात्र प्राप्त भयो र त्यो समयसम्म कोही पनि जीवित भेटिएनन्।
ओसीएचएले हाल आश्रयका लागि आवश्यक सामग्रीको भण्डारण पूर्ण रूपमा सकिएको र विगत १३० दिनभन्दा बढी समयदेखि इजरायलले नयाँ पाल तथा आश्रय सामग्री प्रवेश गर्न नदिएको जानकारी दिएको छ।
साथै, द्वन्द्व र असुरक्षाका कारण गाजाभित्र कार्यरत सहायता कर्मचारीहरूको सुरक्षामा समेत गम्भीर चुनौती देखिएको छ। बुधबार र बिहीबारका दिन, सहायता टोली रहेका स्थानहरू नजिकै भएका हवाई आक्रमणहरूबाट ठूलो जोखिम उत्पन्न भएको थियो। भाग्यवश, कुनै पनि सहयोगकर्मी घाइते भएका छैनन्। तर, यस्ता घटनाले मानवीय काममा संलग्न सबैको सुरक्षालाई गम्भीर रूपमा असर पु¥याउने चेतावनी संयुक्त राष्ट्रसंघले दिएको छ।

संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ता स्तेफान दुजारिकले मानव अधिकार कार्यालयबाट प्राप्त पछिल्लो विवरण सार्वजनिक गर्दै भने, “गाजा क्षेत्रमा राहत सामग्री लिन खोज्दा ज्यान गुमाएका ८१९ जना फिलिस्तीनीको तथ्यांक हामीसँग छ। यसमध्ये अधिकांश व्यक्ति सहायता वितरण केन्द्रहरू र राहत सवारीसाधन नजिक मारिएका थिए।”
उहाँले निष्पक्ष र स्वतन्त्र छानबिन आवश्यक रहेको जोड दिँदै भन्नुभयो, “जहाँ नागरिकहरू दैनिक रूपमा केवल खाना लिन जाँदा मारिन्छन्, त्यो प्रणालीलाई मानवीय भनेर स्वीकार गर्न सकिन्न ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ