2026-10-22 06:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेंस्कीले हालै एक वक्तव्य जारी गर्दै, रुसले एकै रातमा ५९७ ड्रोन र २६ लामो दूरीका क्रुज मिसाइल युक्रेनी भूभागतर्फ प्रक्षेपण गरेको जानकारी दिनुभएको छ । उहाँका अनुसार तीमध्ये धेरैजसो ‘शाहेद’ ड्रोन हुन्, जसको उत्पादन इरानमा भएको हो ।

युक्रेनी वायु सेनाले दिएको जानकारी अनुसार, ३१९ शाहेद ड्रोन र २५ मिसाइललाई निष्क्रिय पारिएको छ । तर एक मिसाइल र करिब २० ड्रोन पाँचवटा स्थानमा खसेको पुष्टि गरिएको छ, यद्यपि ती स्थानहरूको विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।

राष्ट्रपति जेलेंस्कीले अन्तर्राष्ट्रिय समुदायलाई समयमै ठोस कदम चाल्न आग्रह गर्दै भन्नुभयो, “रुसी आक्रमणको तीव्रता हेर्दा अब ढिला गर्नु हुँदैन । यो अवस्थालाई रोक्न कडा प्रतिबन्ध आवश्यक छ ।”

उहाँले रुसलाई ड्रोन निर्माणमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने र तेल निर्यातमार्फत आर्थिक लाभ लिने पक्षहरूलाई पनि उपयुक्त कारबाहीको दायरामा ल्याउन अनुरोध गर्नुभएको छ । हाल कायम रहेका पश्चिमी प्रतिबन्धहरूको बाबजुद पनि तेल निर्यात रूसी अर्थतन्त्रको प्रमुख स्रोत रहँदै आएको छ ।
—

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ