३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद

२८ असार २०८२, शनिबार १६:३९

जामा युद्धविराम स्थापनाका लागि हमास र इजरायलबीच कतारमा भइरहेका अप्रत्यक्ष वार्तामा इजरायलको सेना फिर्तीसम्बन्धी प्रस्तावले ठूलो अवरोध सिर्जना गरेको दुईजना प्यालेस्टिनी स्रोतहरूले शनिबार बताएका छन् ।

गत आइतबारदेखि कतारको राजधानी दोहामा दुवै पक्षका प्रतिनिधिहरूबीच २१ महिनादेखिको युद्धमा अस्थायी विराम ल्याउने उद्देश्यले छलफल भइरहेको छ । यो द्वन्द्व सन् २०२३ को अक्टोबर ७ मा हमासद्वारा इजरायलमाथि आक्रमण भएपछिको हो ।
हमास र इजरायल दुवैले सो दिन अपहरण गरिएका जीवित दश बन्धकलाई युद्धविरामको सहमति भएमा रिहा गरिने बताएका छन् । तर एक जानकार प्यालेस्टिनी स्रोतका अनुसार, इजरायलले गाजाबाट पूर्ण रूपमा सेना फिर्ता गर्न अस्वीकार गरेकाले सहमति टाढिएको छ ।

“हाल दोहामा जारी वार्ता जटिल मोडमा पुगेको छ । इजरायलले जुन नक्शा प्रस्तुत गरेको छ, त्यसले वास्तवमा सेना फिर्ता होइन, पुनःतैनाथीको संकेत गर्दछ,” स्रोतले बताए ।
हमासले गाजाबाट इजरायली सेनाको पूर्ण फिर्तीको माग राख्दै आएको छ, जहाँ दुई करोडभन्दा बढी मानिस बसोबास गर्छन् । तर इजरायली पक्षले प्रस्तुत गरेको नक्शामा करिब ४० प्रतिशत क्षेत्रफलमा सैन्य उपस्थिति कायम राख्ने प्रस्ताव गरिएको छ ।
“यस्तो प्रस्तावले गाजा फेरी टुक्रा–टुक्रा पारिएको, सिमाना बन्द भएको र स्वतन्त्रताविहीन क्षेत्रमा परिणत हुने खतरा पैदा गर्छ,” स्रोतले उल्लेख गरेको छ ।

मध्यस्थकर्ताहरूले वार्ता केही समयका लागि स्थगित गर्न आग्रह गर्दै संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विट्कफ दोहा पुग्नेबित्तिकै छलफल पुनः सुरु गरिने जनाएका छन् ।

अर्का एक प्यालेस्टिनी स्रोतका अनुसार, प्यालेस्टिनी बन्दीहरूको रिहाइ तथा गाजामा मानवीय सहायता पु¥याउने विषयमा केही प्रगति भएको छ । तर उहाँले इजरायली प्रतिनिधिमण्डलमाथि कुनै ठोस निर्णय गर्न सक्ने अधिकार नरहेको र ‘युद्धलाई निरन्तरता दिन वार्ता रोक्ने प्रयास भइरहेको’ आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली