२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

बेइजिङमा लाभरोभ र सीबीच भेट : रूसी विदेश मन्त्रालय

३१ असार २०८२, मंगलवार १२:१६
रूसी विदेशमन्त्री सर्गेई लाभरोभले मङ्गलबार बेइजिङमा चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नुभएको मस्कोले जनाएको छ । यो भेटवार्ता साङ्घाई सहयोग सङ्गठनको बैठकमा भाग लिन आएका शीर्ष रूसी कूटनीतिज्ञको भ्रमणका क्रममा भएको हो ।
“सीले चिनियाँ राजधानीमा लाभरोभलाई साङ्घाई सहयोग सङ्गठन (एससिओ) को विदेशमन्त्रीहरूको परिषद्को बैठकमा उहाँको सहभागिताको एक भागका रूपमा स्वागत गर्नुभयो”, रुसको विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ ।
एससिओ शिखर सम्मेलन र दोस्रो विश्वयुद्धको वार्षिकोत्सव समारोहमा सहभागी हुन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको चीन भ्रमणको तयारीसहित उच्चतम र उच्च स्तरमा द्विपक्षीय राजनीतिक सम्पर्कका धेरै मुद्दामा छलफल गरिएको पनि मन्त्रालयले बताएको छ ।
चिनियाँ राष्ट्रपतिले एससिओका विदेशमन्त्रीहरूसँग ‘सामान्य बैठक’ गरेपछि लाभरोभलाई भेट गर्नुभएको रुसको तास समाचार एजेन्सीले जनाएको छ । लाभरोभले आइतबार आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग युक्रेन र संयुक्त राज्य अमेरिकासँगको सम्बन्धका बारेमा छलफल गर्नुभएको थियो । रूसी विदेशमन्त्री उत्तर कोरियाको भ्रमणपछि चीन आउनुभएको हो । उत्तर कोरियामा रहँदा उहाँले युक्रेनसँगको द्वन्द्वमा समर्थनको आश्वासन प्राप्त गर्नुभएको थियो ।
मस्कोको कूटनीतिक र आर्थिक सहयोगी बेइजिङले रूस र युक्रेनबीचको द्वन्द्वमा तटस्थ भएको दाबी गरेको छ ।
तर चीनले रुसको तीन वर्षभन्दा लामो सैन्य अभियानको कहिल्यै निन्दा गरेको छैन न आफ्नो सेना फिर्ता लिन आह्वान गरेको छ । युक्रेनका धेरै सहयोगीले बेइजिङमाथि मस्कोलाई समर्थन गरेको विश्वास गर्छन् । चीनले नियमित रूपमा लडाइँ अन्त्य गर्न आह्वान गरेको छ भने युक्रेनलाई हतियार प्रदान गरेर पश्चिमी देशहरूले द्वन्द्वलाई लम्ब्याएको आरोप लगाएको छ ।
बेइजिङले लामो समयदेखि १० सदस्यीय साङ्घाई सहयोग सङ्गठनलाई नाटो जस्ता पश्चिमी नेतृत्वका शक्ति समूहहरूको प्रतिकारको रूपमा प्रस्तुत गर्न खोजेको छ भने राजनीति, सुरक्षा, व्यापार र विज्ञानमा यसका सदस्य देशहरूबीच सहयोग बलियो बनाउन जोड दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य