प्रेम सुनार | भदौ २५, गुल्मी । आगामी असोज ४ र ५ गते तम्घासमा हुन गईरहेको अनेरास्ववियु गुल्मीको २३ औं जिल्ला अधिवेशनमा  नेतृत्वका लागि कडा प्रतिस्पर्धा हुने संकेत विद्या"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार | भदौ २५, गुल्मी । आगामी असोज ४ र ५ गते तम्घासमा हुन गईरहेको अनेरास्ववियु गुल्मीको २३ औं जिल्ला अधिवेशनमा  नेतृत्वका लागि कडा प्रतिस्पर्धा हुने संकेत विद्या"/>

2026-07-25 01:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

अनेरास्ववियु गुल्मीको नेतृत्वका लागि भिडन्तको संकेत

प्रेम सुनार | भदौ २५, गुल्मी । आगामी असोज ४ र ५ गते तम्घासमा हुन गईरहेको अनेरास्ववियु गुल्मीको २३ औं जिल्ला अधिवेशनमा  नेतृत्वका लागि कडा प्रतिस्पर्धा हुने संकेत विद्यार्थी नेताहरुले देखाउन थालेका छन् । सम्मेलन आयोजक कमिटीका संयोजक रहेका राजेन्द्र विक्रम कुँवरले आफु सम्मेलनबाट अध्यक्षमा  सर्वसम्मत निर्वाचित हुने  दावि गर्दछन् । तर उता भर्खर मात्रै रेसुङ्गा वहुमुखी क्याम्पसमा स्ववियु सभापतिमा निर्वाचित भएका अनेरास्ववियुका जिल्ला सदस्य श्रीराम महत पनि सो संगठनको अध्यक्ष कै दावेदार रहेको बताउँदै आएका छन् ।

  जिल्ला संयोजक कुँवरले सह संयोजक शोभाखर गिरी मालिका गाउँपालिका अर्जैको वडाध्यक्षमा निर्वाचित भएको र श्रीराम महत स्ववियु सभापतिमा निर्वाचित भएकोले यस पटक स्वत आफु सर्वसम्मत  अध्यक्षमा निर्वाचित हुने बताएका छन् ।

असोज ४ गते तम्घासमा नेकपा एमाले सचिव प्रदिप ज्ञवालीले उद्घाटन गर्ने सम्मेलनमा यी दुई विद्यार्थी नेताहरु विच महाभिडन्त हुने आकलन गरिएको छ । विगत लामो समय देखि जिल्ला नेतृत्वको दावि गर्दै आएका कुँवर खरो र स्पष्ट वक्ताका  रुपमा परिचित छन् । उता श्रीराम महत पनि उस्तै क्षमतावान देखिन्छन् ।

नेकपा एमालेको उक्त विद्यार्थी संगठनको सम्मेलनमा पनि गुुट उपगुटको प्रभाव नरहला भन्न सकिन्न । कुँवर नेकपा एमालेको संस्थापन र अनेरास्ववियुको पनि संस्थापन पक्षधर मानिन्छन् । महत भने कतै नखुलेका तर लामो समय देखि नेतृत्व सम्हाल्दै आएका कुँवरलाई अध्यक्ष मान्न तयार नहुनुले अर्को गुटमा छन् कि भनेर अनुमान गर्नेहरु पनि एमाले भित्र छन् । अध्यक्षको दावि गर्दै आएका महत पनि नेतृत्व चयन सर्वसम्मत नै हुन तर त्यसमा अध्यक्ष आफुलाई नैचयन गरिने उनलेदावि  गरे ।

उनले भने राजेन्द्रजीले १२  वर्ष देखि संगठन चलाई सक्नु भएको छ । अढाई वर्ष देखि प्रमुख पद नै सम्हाल्नु भएको छ । उहाँको कार्य क्षमता पनि देखि सकियो । यसर्थ पनि क्षमताको आधारमा अव नेतृत्व हस्तान्तरण पुस्तान्तरण हुनै पर्दछ । यसर्थमा पनि म अध्यक्ष पदको दावेदार हुँ ।

तपाईलाई सर्वसम्मत स्वाकार गरिएन भने तपाई के गर्नु हुन्छ भन्ने प्रश्नमा कुुँवरले भने अनेरास्वुवियु गुल्मीको ईतिहाँसमा सर्वसम्मत र सर्वस्वीकार्य नेतृत्व चयन हुने यो नै अनुकुल सम्मेलन भएको दावि गर्दै आफ्नो निहित संकिर्ण स्वार्थका लागि साथीहरुले अस्वस्थ एवं गुटबन्दीका कृयाकलापहरु  नगर्नेमा आफु विश्वस्त रहेको बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ