३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

कोरिया: प्रश्नपत्र चोरी गरेको आरोपमा शिक्षिका र अविभावक पक्राउ

१ श्रावण २०८२, बुधबार १६:३३

काठमाडौँ | दक्षिण कोरियामा एक शिक्षक र एक माध्यमिक तह अध्ययन गर्ने विद्यार्थीको अविभावक (आमा) लाई परीक्षाको प्रश्नपत्र चोरी गर्न विद्यालयमा प्रवेश गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले बुधबार जनाएको छ ।

उनीहरूलाई राजधानी सियोलबाट करिब २७० किलोमिटर दक्षिणमा अन्डोङको एक उच्च विद्यालयमा प्रवेश गरेको आरोप लगाइएको छ । जुलाई ४ मा परीक्षाको प्रश्नपत्र चोरी गर्ने प्रयासपछि उनीहरूको गिरफ्तारी गरिएको प्रशासनले जनाएको छ ।

शिक्षिका र आमाले अपराध स्वीकार गरेको अन्डोङ प्रहरी स्टेसनका एकजना जासुसले नाम सार्वजनिक नगर्ने सर्तमा बताएका छन् ।

गत वर्षको फेब्रअरीसम्म कार्यरत रहेको उक्त विद्यालयमा काम गर्दा ती शिक्षिका विद्यार्थीको कक्षा शिक्षिका रहेको अधिकारीहरूले बताएका छन् ।

प्रहरीले उनीहरूले विगतमा यस्तै चोरी गरेको हुन सक्ने आशङ्का गरेको छ, जसले विद्यार्थीलाई शैक्षिक रूपमा मद्दत गरी शिक्षिका र अविभावकबीच पैसाको लेनदेन भएको थियो ।

उनीहरूले आरोपितले पढाउँदै गरेको विषय मात्र नभई धेरै विषयहरूमा परीक्षाका कागजात तथा प्रश्न चोरी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

अनुसन्धानकर्ताले एक विद्यालय मर्मत सम्भार कामदारलाई पनि उनीहरूलाई सहयोग गरेको आरोपमा पक्राउ गरिएको बताएका छन् ।

योन्हाप समाचार एजेन्सीका अनुसार सन् २०२३ मा भर्ना भएदेखि नै शीर्ष नम्बर (ग्रेड) कायम राखेको उक्त विद्यार्थीको ग्रेड रद्द गरी उसलाई निष्कासित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन