२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

इराकको सपिङ मलमा आगलागी, ५० जनाको मृत्यु

२ श्रावण २०८२, बिहीबार १३:२६
इराकको सपिङ मलमा आगलागी, ५० जनाको मृत्यु
पूर्वी इराकी सहर कुटको सपिङ मलमा रातभर लागेको आगलागीमा करिब ५० जनाको मृत्यु भएको र घाइते भएको सरकारी मिडियाले बिहीबार जनाएको छ ।
“एउटा प्रमुख सपिङ सेन्टरमा भएको दुःखद आगलागीमा पीडित, शहीद र घाइतेको सङ्ख्या करिब ५० जना पुगेको छ”, वासित प्रान्तका गभर्नर मोहम्मद अल–मियाहीले आधिकारिक आइएनए समाचार एजेन्सीलाई भन्नुभयो ।
आगलागी बुधबार राति सुरु भएको थियो । आगोले कथित रूपमा पहिलो तलाबाट सुरु भएर छिट्टै हाइपर मललाई घेरेको थियो । कारण तुरुन्तै थाहा हुन सकेको छैन ।
एम्बुलेन्सहरूले बिहान ४ः०० बजेसम्म घाइतेहरूलाई अस्पतालमा लगिरहेका थिए । बगदादबाट करिब एक सय ६० किलोमिटर (एक सय माइल) दक्षिणपूर्वमा रहेको कुटको अस्पतालका वार्डहरू भरिएका थिए ।
एएफपीका एक संवाददाताले मल पाँच दिनअघि मात्र खोलिएको र अस्पतालमा जलेका शवहरू देखेको रिपोर्ट गरेको बताए ।
आगलागी अहिले नियन्त्रणमा आएको छ तर दमकलकर्मीहरूले बेपत्ता पीडितहरूलाई खोज्न जारी राखेका छन् ।
सामाजिक सञ्जालमा साझा गरिएका भिडियोहरूमा विचलित आफन्तहरू समाचारको प्रतीक्षामा रहेको देखाइएको छ । तीमध्ये केही एम्बुलेन्सहरू आइपुग्दा शोकमा डुबेका छन् ।
एक व्यक्ति भुइँमा बसेर छाती पिट्दै र ‘हे मेरो बुबा, हे मेरो हृदय’ भनेर रोएको देखिएको थियो ।
एम्बुलेन्सहरू आइपुग्दा जाँच गर्दै दर्जनौँ मानिस अस्पताल अगाडि भेला भएका थिए र केही मानिस पीडामा भुइँमा बेहोस भएका थिए ।
तीमध्ये एक ५० वर्ष उमेरका चिकित्सक नासिर अल–कुरैशीले आगलागीमा परिवारका पाँच जना सदस्य गुमाएको बताउनुभयो ।
“हामीमाथि एउटा विपत्ति आएको छ”, उहाँले एएफपीलाई भन्नुभयो, “हामी केही खाना खान, रातिको खाना खान र घरमा बिजुली कटौतीबाट बच्न मलमा गएका थियौँ । दोस्रो तलामा एयर कन्डिसनर विस्फोट भयो र त्यसपछि आगो लाग्यो र हामी यसबाट उम्कन सकेनौँ ।”
गभर्नर मियाहीले तीन दिनको शोक घोषणा गर्नुभएको छ र स्थानीय अधिकारीहरूले मलको मालिक र भवन ठेकेदार विरुद्ध मुद्दा दायर गर्ने बताएका छन् ।
आगलागीको कारणबारे अनुसन्धान भइरहेको र प्रारम्भिक निष्कर्ष ४८ घण्टाभित्र आउने अपेक्षा गरिएको गभर्नरले बताउनुभयो ।
“यो त्रासदी एउटा ठूलो आघात हो… र सबै सुरक्षा उपायहरूको गम्भीर समीक्षा आवश्यक छ”, उहाँले भन्नुभयो ।
इराकको निर्माण क्षेत्रमा सुरक्षा मापदण्डहरू प्रायः बेवास्ता गरिन्छ र दशकौँको द्वन्द्वपछि पूर्वाधार बिग्रिएको यो देश प्रायः घातक आगलागी र दुर्घटनाहरूको दृश्य हुन्छ ।
तापक्रम ५० डिग्री सेल्सियस (१२२ डिग्री फारेनहाइट) पुग्ने गर्मीमा आगलागी बढ्छ ।
सन् २०२३ सेप्टेम्बरमा भीडभाड भएको इराकी विवाह हलमा आगलागी भएपछि बाहिर निस्कनका लागि आतङ्कित भागदौड हुँदा कम्तीमा एक सय जनाको मृत्यु भएको थियो ।
सन् २०२१ जुलाईमा दक्षिणी इराकको अस्पतालको कोभिड युनिटमा आगलागी हुँदा ६० जनाभन्दा बढीको मृत्यु भएको थियो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य