Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

क्रिकेटर मोहम्मद सामीकी पत्नी हसिन जहाँमाथि हत्याको प्रयासको आरोप

By साझासवाल

भारतीय क्रिकेट टोलीका तीव्रगतिका प्रभावशाली बलर मोहम्मद सामीकी पत्नी हसिन जहाँमाथि हत्याको प्रयास गरेको आरोप लागेको छ । हसिन जहाँविरुद्ध हत्या प्रयासको आरोपसहित प्रहरीमा उजुरी पनि दर्ता भएको छ ।

 

मोहम्मद सामीका छिमेकीले नै हसिन जहाँविरुद्ध जाहेरी दर्ता गराएका समाचारमा जनाइएको छ । हसिन जहाँ र उनकी छोरी अर्शी जहाँको जग्गाको विषयलाई लिएर छिमेकीसँग झगडा भएको बताइएको छ ।

हसिन जहाँले जग्गा मिचेको आरोप छिमेकीहरूले लगाएका छन् ।

सोही विषयलाई लिएर विवाद बढेपछि हसिन जहाँ र उनकी छोरीले ज्यान मार्ने प्रयास गरेको आरोप छिमेकीहरूले लगाएका हुन् । सामाजिक सञ्जालमा झगडाको भिडियो पनि भाइरल भइरहेको छ ।

छिमेकी दालिया खातुनले हसिन जहाँ र उनकी छोरीविरुद्ध हत्याको प्रयास गरेको दाबीसहित उजुरी दर्ता गराएकी हुन् ।