2026-09-05 03:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

जापान र इयूका अधिकारीबीच शिखर वार्ता हुने

जापान र युरोपेली सङ्घ (इयू) बीच अर्को साता शिखर वार्ता हुने भएको छ । सम्मेलनमा युरोपेली सङ्घ (इयू)का प्रमुख उर्सुला भोन डेर लेयेन सहभागी हुने अपेक्षा गरिएको छ ।

सम्मेलनमा जापानका प्रधानमन्त्री शिगेरु इशिबा, इयूका प्रमुख भोन डेर लेयेन र युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाबीच भेटवार्ता हुने कार्यक्रम रहेको जापानको विदेश मन्त्रालयले जनाएको छ ।

तीनै जनाले राष्ट्रिय सुरक्षा, अर्थतन्त्रलगायत विषयमा छलफल गर्नेछन् ।

अन्तर्राष्ट्रिय समाजले सामना गरिरहेका चुनौतीहरूको सामना गर्न महत्वपूर्ण रणनीतिक साझेदार रहेको युरोपेली सङ्घसँग जापानको सम्बन्धलाई माथि उकास्ने अवसरका रूपमा यस बैठकलाई मन्त्रालयले व्याख्या गरेको छ ।

यसैबीच, शिखर सम्मेलनमा दुई पक्षले संयुक्त वक्तव्य जारी गर्दै नयाँ ‘इकोनोमिक टु प्लस टु डायलग’ सुरु गर्ने घोषणा गर्ने व्यापार दैनिक निक्केईले बिहीबार जनाएको छ ।

नयाँ संवादअन्तर्गत दुर्लभ सामग्रीको खरिदमा चीनमाथिको निर्भरता कम गर्न चाहने जापान र इयूले संयुक्त सार्वजनिक–निजी परियोजनाको खोजी गर्नेछन् ।

अहिलेसम्म जापानका आर्थिक र विदेशमन्त्रीहरूले इयूका शीर्ष व्यापार वार्ताकार मारोस सेफ्कोभिकलाई भेटेका छन्, तर नयाँ ‘टू प्लस टू’ वार्तामा उद्योग प्रमुख स्टेफन सेजोर्न पनि सहभागी हुनुहुने निक्केईले जनाएको छ ।

भोन डेर लेयेन र कोस्टा जापानापछि चीन जाने छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार