२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

डडेल्धुरामा गोलभेँडामा टुटा किरा भेटियो

२०७४, २७ भाद्र मंगलवार १०:४१

भदौ २७, डडेल्धुरा। गोलभेडामा टुटा एब्सोलुटा (गोलभेडाको पात खन्ने किरा) भेटिएको छ । 

सो किरा जिल्लामा पहिलो पटक देखा परेको हो । टुटा एब्सलुटा नामको किरा मुख्यतया गोलभेँडाको फल र प्याकेजिङ सामग्री ओसारपसार गर्दा तराईका जिल्लाबाट जिल्लामा भित्रिएको हुनसक्ने जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर विष्टले बताउनुभयो । 

टुटा किराले गोलभेँडाको बिरुवालाई फूलबाट निस्कना साथ लार्भाले पात, डाठ, मुना र फल भित्र छेडेर नष्ट गर्ने भएकाले यसलाई गोलभेँडाको मुख्य सत्रुका रुपमा लिने गरेको विष्ट बताउनुहुन्छ । 

अमरगढी नगरपालिका–७ पोखराका कृषक वसन्ती पार्कीले लगाएको गोलभेँडा जाँच गर्न पुगेको इन्वाइटा र अनुकूलन परियोजनाको टोलीले उक्त टुटा किरा भेटिएको हो । अमरगढी नगरपालिकाको पोखरास्थित प्लाष्टिक घरमा लागाएको गोलभेँडामा टुटा किरा देखिएको बहुउद्देश्यीय विकास समाज अनुकूलन परियोजनाका कृषि अधिकृत सन्तोष विष्टले बताउनुभयो । 

समयमा उपचार गर्न नसके टुटा किराले गोलेभँडा खेतीलाई नष्ट पार्छ । किरालाई मार्न पहल भइरहेको कृषक डम्बर कैनी बताउनुहुन्छ । टुटा किरा जिल्लाभर फैलिने किसानलाई चिन्ता भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ