२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

इक्वेडरको पर्यटकीय सहरमा पुल बारमा गोली हानी नौ जनाको हत्या

५ श्रावण २०८२, आईतवार १४:०९

इक्वेडरको दक्षिणपश्चिमी पर्यटकीय सहरमा पुल खेलिरहेका बेला शनिबार कम्तीमा नौ जनाको गोली हानी हत्या गरिएको देशको अभियोजकको कार्यालयले जनाएको छ ।

दक्षिणी गुयास प्रान्तको तटीय सहर र स्थानीय पर्यटकहरूका लागि गन्तव्य जनरल भिल्लामिल प्लेयासको मजदुर वर्गको बस्तीमा रहेको बारमा सशस्त्र व्यक्तिहरूको समूहले धेरै मानिसमाथि गोली चलाएको थियो ।

इक्वेडरको अभियोजकको कार्यालयले सामाजिक सञ्जाल एक्समा सशस्त्र व्यक्तिहरू प्रतिष्ठानमा प्रवेश गरी उपस्थितहरूलाई गोली हानेको बताएको छ ।

सामाजिक सञ्जालमा भाइरल भएका तस्बिरहरूले धेरै पुल टेबलहरूको वरिपरि भुइँमा कम्तीमा नौ जना रगतले लतपतिएका शवहरू देखाएको छ ।

स्थानीय मिडिया रिपोर्टहरूका अनुसार आक्रमणकारीहरूसँग स्वचालित राइफलहरू थिए ।

नरसंहार भएको बारमा आफन्तहरूले शनिबार राति दुईवटा कफिन राखेका थिए । एएफपी रिपोर्टरले खिचेका तस्बिरहरूका अनुसार पुल टेबलमा गोलीका प्वालहरू देखिएका थिए ।

प्रहरी कर्नल झानोन वरेलाले मिडियालाई आक्रमणमा दुई जना घाइते भएको र स्थानीय अस्पतालमा उपचार गरिएको बताउनुभयो ।

अधिकारीहरूले घटनास्थलमा एउटा शव मात्र पहिचान गर्न सकेका छन् ।

“दुर्भाग्यवश, जब प्रहरी आइपुग्छ, यस घटनाबाट प्रभावित धेरै व्यक्तिहरूलाई बासिन्दाहरू र परिवारका सदस्यहरूले घटनास्थलबाट हटाइदिन्छन्”, वरेलाले भन्नुभयो, “थप पीडित हुनसक्ने अनुमान गरिएको छ ।”

– आत्मसमर्पण गर्दैनौँ –

गुयास प्रिफेक्ट मार्सेला अगुइनागाले पीडितहरू मध्ये एक प्रान्तीय फुटबल स्कुलका प्रशिक्षक रहेको बताउनुभयो ।

अगुइनागाले एक्समा लेख्नुभएको छ, “हिंसाले हामीलाई घुँडा टेकाउन, हामीलाई मौन बनाउन र डरलाग्दो कुरामा बानी बसाल्न खोज्छ, तर हामी मौन रहनेछैनौँ । न त आत्मसमर्पण नै गर्नेछौँ ।”

विज्ञहरूका अनुसार इक्वेडरले हालैका इतिहासमा वर्षको सबैभन्दा हिंसक सुरुआतको अनुभव गरिरहेको बेला यो गोलीकाण्ड भएको हो ।

आधिकारिक तथ्याङ्कअनुसार सन् २०२५ को पहिलो पाँच महिनामा इक्वेडरमा चार हजार ५१ जनाको हत्या भएको थियो ।

लागुऔषध तस्करी गर्ने सङ्गठनहरू इक्वेडरमा बढ्दै गएका छन् । त्यहाँ सन् २०१८ मा प्रति एक लाख बासिन्दामा छ बाट बढेर सन् २०२४ मा प्रति एक लाखमा ३८ पुगेको छ ।

सन् २०२४ मा अधिकतम सुरक्षा भएको जेलबाट भागेपछि जुनमा देशको सबैभन्दा ठूलो लागुऔषध मालिक एडोल्फो मासियास उर्फ फिटोलाई पुनः पक्राउ गरेपछि आपराधिक गिरोहको हिंसा निरन्तर जारी छ ।

यस हप्ता फिटो र उनको गिरोह लस चोनेरोसको गढ मानाबी प्रान्तमा, फिटोलाई पुनः पक्राउ गरिएको मान्टासहित धेरै सहरमा भएको घातक हिंसामा कम्तीमा २० जनाको मृत्यु भएको थियो ।

शनिबार दिउँसो गृहमन्त्री जोन रेइमबर्गले इक्वेडरको मुख्य माछा मार्ने बन्दरगाह मध्ये एक मान्टामा दुई हजार पाँच सय प्रहरी अधिकारीहरूलाई ‘रणनीतिक स्थानहरूमा तैनाथ गरेर’ सुरक्षा बढाएको घोषणा गर्नुभयो ।

गिरफ्तारीपछि फिटो संयुक्त राज्य अमेरिकामा सुपुर्दगी गर्न सहमत भए जहाँ अभियोजकहरूले उनीमाथि कोकेन र हतियार ओसारपसारको आरोप लगाएका छन् ।

एक पटक ल्याटिन अमेरिकामा शान्तिको गढ मानिने इक्वेडर संयुक्त राज्य अमेरिका र युरोपमा लागुऔषध ढुवानी गर्न आफ्ना बन्दरगाहहरू प्रयोग गर्ने अन्तर्राष्ट्रिय कार्टेलहरूद्वारा वर्षौँको विस्तारपछि सङ्कटमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य