2026-09-05 03:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भारतीय प्रधानमन्त्री मोदीले बेलायत र माल्दिभ्सको भ्रमण गर्दै

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी जुलाई २३ देखि २६ सम्म बेलायत र माल्दिभ्सको भ्रमण गर्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

माल्दिभ्सका प्रधानमन्त्री मोहम्मद मुइज्जुको निमन्त्रणामा माल्दिभ्सको राजकीय भ्रमण र बेलायतका प्रधानमन्त्री केइर स्टारमरको निमन्त्रणामा प्रधानमन्त्री मोदीले बेलायतको भ्रमण गर्न लाग्नुभएको हो ।

भारतीय विदेश मन्त्रालयका अनुसार प्रधानमन्त्री मोदीको यो चौथो बेलायत भ्रमण हुनेछ । उहाँले आफ्ना बेलायती समकक्षीसँग भारत–बेलायत द्विपक्षीय सम्बन्धका सम्पूर्ण आयामबारे विस्तृत छलफल गर्नुहुनेछ । उहाँहरूले क्षेत्रीय र विश्वव्यापी महत्वका विषयमा पनि विचार आदानप्रदान गर्नुहुनेछ ।

प्रधानमन्त्री मोदीले बेलायतका राजा चाल्र्स तृतीयसँग पनि भेटवार्ता गर्ने अपेक्षा गरिएको छ । भ्रमणका क्रममा दुवै पक्षले व्यापार र अर्थतन्त्र, प्रविधि र नवप्रवर्तन, रक्षा र सुरक्षा, जलवायु, स्वास्थ्य, शिक्षा र जनस्तरको सम्बन्धमा विशेष ध्यान केन्द्रित गर्दै विस्तृत रणनीतिक साझेदारी (सिएसपी) को प्रगतिको समीक्षा गर्ने विदेश मन्त्रालयले जनाएको छ ।

भ्रमणको दोस्रो चरणमा प्रधानमन्त्री मोदीले माल्दिभ्स गणतन्त्रका राष्ट्रपति डा मोहम्मद मुइज्जुको निमन्त्रणामा जुलाई २५ र २६ मा माल्दिभ्सको राजकीय भ्रमण गर्नुहुनेछ । प्रधानमन्त्रीको माल्दिभ्सको यो तेस्रो भ्रमण हो भने डा. मोहम्मद मुइज्जुको अध्यक्षतामा कुनै पनि राष्ट्र वा सरकार प्रमुखको माल्दिभ्सको पहिलो भ्रमण हुनेछ ।

सन् २०२५ को जुलाई २६ मा माल्दिभ्सको स्वतन्त्रताको ६० औँ वर्षगाँठको अवसरमा आयोजित समारोहमा प्रधानमन्त्री मोदी ‘गेस्ट अफ अनर’ हुने कार्यक्रम तय भएको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले डा मोहम्मद मुइज्जुसँग भेटवार्ता गर्नुका साथै पारस्परिक हितका विषयमा छलफल गर्नुहुनेछ । दुवै नेताले अक्टोबर २०२४ मा माल्दिभ्सका राष्ट्रपतिको भारत भ्रमणका क्रममा अपनाइएको ‘व्यापक आर्थिक र सामुद्रिक सुरक्षा साझेदारी’ का लागि भारत–माल्दिभ्स संयुक्त दृष्टिकोणको कार्यान्वयनको प्रगतिको पनि समीक्षा गर्नेछन् ।

भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो भ्रमणले आफ्नो सामुद्रिक छिमेकी माल्दिभ्सलाई भारतले दिएको महत्वलाई प्रतिबिम्बित गर्दछ । यसले भारतको ’छिमेक पहिलो’ नीति र भिजन महासागरमा विशेष स्थान ओगटेको छ । यो भ्रमणले दुवै पक्षलाई घनिष्ठ द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ र सुदृढ बनाउने अवसर प्रदान गर्नेछ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार