2026-06-17 03:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

बंगलादेश वायुसेनाको दुर्घटना: १६ जनाको मृत्यु भएको र कम्तीमा १५० जना घाइते

काठमाडौँ | बंगलादेश वायुसेनाको एफ–७ बीजेआई ट्रेनर विमान सोमबार दिउँसो राजधानी ढाकाको दियाबारी क्षेत्रमा रहेको माइलस्टोन स्कुल परिसरमा दुर्घटनाग्रस्त भएको छ ।

प्रमुख सल्लाहकारका विशेष सहायक प्राध्यापक डा. सैदुर रहमानले विमान दुर्घटनामा १६ जनाको मृत्यु भएको र कम्तीमा १५० जना घाइते भएको बताएका छन् ।

घाइते सबैलाई ढाका मेडिकल कलेज नजिकै रहेको राष्ट्रिय बर्न एन्ड प्लास्टिक सर्जरी इन्स्टिच्युट, कुर्मिटोला अस्पताल, ढाका मेडिकल कलेज अस्पताल, कम्बाइन्ड मिलिटरी अस्पताल र उत्तरा मोडर्न लगायत विभिन्न अस्पतालहरूमा भर्ना गरिएको छ ।

माइलस्टोन कलेजका लेक्चरर रेजाउल इस्लामलका अनुसार स्कूल बन्द हुने बेलामा यो घटना भएको थियो । “एउटा लडाकु विमान सिधै भवनमा ठोक्किएको थियो । यसले नर्सरी र जुनियर सेक्सनका धेरै कक्षाकोठाहरूमा क्षति गरेको छ । स्कुलको गेट पूर्ण रूपमा ध्वस्त भएको छ भने त्यसमा आगो पनि लागेको छ,” उनले भने ।

इन्टर–सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर) ले एक विज्ञप्ति जारी गर्दै विमान सोमबार दिउँसो १ः०६ बजे उडेको जनाएको छ । उडान भरेको केही समयपछि, विमानले नियन्त्रण गुमाएको थियो र जमिनमा ठोक्किएको थियो ।

अग्नि नियन्त्रक सेवाका नौ वटा युनिट उद्धार कार्यमा संलग्न छन् । विमान दुर्घटनाको कारण बंगलादेश सरकारले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ