२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

बंगलादेश वायुसेनाको दुर्घटना: १६ जनाको मृत्यु भएको र कम्तीमा १५० जना घाइते

६ श्रावण २०८२, सोमबार १७:४४

काठमाडौँ | बंगलादेश वायुसेनाको एफ–७ बीजेआई ट्रेनर विमान सोमबार दिउँसो राजधानी ढाकाको दियाबारी क्षेत्रमा रहेको माइलस्टोन स्कुल परिसरमा दुर्घटनाग्रस्त भएको छ ।

प्रमुख सल्लाहकारका विशेष सहायक प्राध्यापक डा. सैदुर रहमानले विमान दुर्घटनामा १६ जनाको मृत्यु भएको र कम्तीमा १५० जना घाइते भएको बताएका छन् ।

घाइते सबैलाई ढाका मेडिकल कलेज नजिकै रहेको राष्ट्रिय बर्न एन्ड प्लास्टिक सर्जरी इन्स्टिच्युट, कुर्मिटोला अस्पताल, ढाका मेडिकल कलेज अस्पताल, कम्बाइन्ड मिलिटरी अस्पताल र उत्तरा मोडर्न लगायत विभिन्न अस्पतालहरूमा भर्ना गरिएको छ ।

माइलस्टोन कलेजका लेक्चरर रेजाउल इस्लामलका अनुसार स्कूल बन्द हुने बेलामा यो घटना भएको थियो । “एउटा लडाकु विमान सिधै भवनमा ठोक्किएको थियो । यसले नर्सरी र जुनियर सेक्सनका धेरै कक्षाकोठाहरूमा क्षति गरेको छ । स्कुलको गेट पूर्ण रूपमा ध्वस्त भएको छ भने त्यसमा आगो पनि लागेको छ,” उनले भने ।

इन्टर–सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर) ले एक विज्ञप्ति जारी गर्दै विमान सोमबार दिउँसो १ः०६ बजे उडेको जनाएको छ । उडान भरेको केही समयपछि, विमानले नियन्त्रण गुमाएको थियो र जमिनमा ठोक्किएको थियो ।

अग्नि नियन्त्रक सेवाका नौ वटा युनिट उद्धार कार्यमा संलग्न छन् । विमान दुर्घटनाको कारण बंगलादेश सरकारले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य