१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

रोल्पामा अल्लो प्रवद्र्धनका लागि मेसिन सहयोग

२७ भाद्र २०७४, मंगलवार ११:४३

भदौ २७, रोल्पा। हातले धागो कात्ने परम्परालाई नयाँ प्रविधिसँग जोड्न जेल्वाङमा अल्लोको धागो कात्ने मेसिन हस्तान्तरण गरिएको छ । 

कृषि मन्त्रालयसँगको साझेदारीमा उद्योग वाणिज्य महासंघले सञ्चालन गर्दै आएको ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमअन्तर्गत जेल्वाङमा १२ थान मेसिन हस्तान्तरण गरिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

धागो कात्ने प्रविधिमा सुधार गर्दै गुणस्तरीय धागो उत्पादनमा सघाउ पु¥याउने उद्देश्यले मेसिन हस्तान्तरण गरिएको श्रेष्ठले बताउनुभयो । जीविकोपार्जनको आधार बनेको अल्लोको आधुनिक मेसिन औजारको अभावका कारण उत्पादनमा कमी आएको उहाँको भनाइ छ । समुदायवाट थप मेसिनको माग आएको हँुदा सहयोग गर्न स्रोत खोजी भइरहेको छ । 

जेल्वाङमा अल्लोखेती गरिने हुँदा त्यसको विकास र प्रवद्र्धन गर्न मेसिन वितरण गरिएको रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष बालकृष्ण सुवेदीले बताउनुभयो । जिल्लालाई अल्लोको माद्यमबाट परिचित गराउन सकिने सम्भावना छ । उत्पादित अल्लोको धागो हाल स्थानीय व्यापारीले नै खरिद गरिरहेका छन् । ठूलो परिमाणमा उत्पादन भए त्यसको बजारीकरण गर्न उद्योग वाणिज्य संघले सहयोग गर्ने सुवेदीले बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह