2026-10-21 03:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

एमआरआई मेसिनले लग्यो ६१ वर्षीय पुरुषको ज्यान

काठमाडौँ | न्यूयोर्कको एक मेडिकल सेन्टरमा ६१ वर्षीय एक पुरुषको एमआरआई मेसिनले तान्दा मृत्यु भएको छ। चुम्बकीय बलका कारण मेसिनले तान्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। ती व्यक्तिले मेसिनको नजिकै जाँदा गह्रौं धातुको चेन लगाएका थिए।

 

प्रहरीका अनुसार,ती व्यक्ति अनुमति बिना नै एमआरआई मेसिन चालु रहेको कोठामा प्रवेश गरेका थिए। उनकी श्रीमतीले सञ्चारकर्मीलाई बताएअनुसार घुँडाको स्क्यानपछि आफ्ना पतिलाई भित्र बोलाएकी थिइन्। तर, उनी कोठामा प्रवेश गर्ने बित्तिकै मेसिनले तानेको बीबीसीमा समाचार छ।

 

प्रहरी विभागका अनुसार ती व्यक्तिले आफ्नो घाँटीमा भारी धातुको चेन लगाएका थिए,जसले गर्दा उनलाई एमआरआई मेसिनले तान्यो र उनको मृत्यु भयो। उनकी श्रीमतीका अनुसार लगभग ९ किलोग्राम तौल भएको चेन लगाएका थिए।

 

अमेरिकी खाद्य तथा औषधि प्रशासन (FDA) का अनुसार, MRI मेसिनहरूमा चुम्बक जडान गरिएको हुन्छ। जसले कुनै पनि आकारका धातुका वस्तुहरूलाई आकर्षित गर्न सक्छ। २००१ मा,न्यूयोर्क शहरको एक मेडिकल सेन्टरमा एमआरआईको चुम्बकीय बलले अक्सिजन ट्याङ्की हावामा उडेर टाउकोमा ठोक्किँदा एक छ वर्षीय बालकको मृत्यु भएको थियो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ