३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

जिम्बाबे क्रिकेटले प्राप्त गर्‍यो ५० हजार अमेरिकी डलर सहयोग

१४ श्रावण २०८२, मंगलवार १३:४७

काठमाडौँ | जिम्बाबे क्रिकेट बोर्डले पाँच प्रथम श्रेणी क्रिकेट टोलीलक्षित ५० हजार अमेरिकी डलर सहयोग प्राप्त गरेको छ। यो सहयोग जिम्बाबेमा आधारित वित्तीय संस्था सीएबीएसले गरेको हो।

बोर्डका अनुसार यो रकम इगल्स, राइनोस, टस्कर्स, माउन्टेनेर्स र साउदर्न रक्स जस्ता पाँच टोलीहरूको सहयोगका लागि दिइनेछ। यी टोलीहरूले लोगन कप, प्रो५० च्याम्पियनसिप र घरेलु टी–२० प्रतियोगिता खेल्दै आएका छन्।

 

सहयोग सिधै टोलीहरूलाई दिइने भएकाले प्रशिक्षण, खेलाडी विकासजस्ता क्षेत्रमा लगानी गर्न सहज हुने बोर्डले जनाएको छ। बोर्डका प्रबन्ध निर्देशक गिभमोर माकोनीले भने, ‘सीएबीएसजस्ता साझेदारको समर्थनले घरेलु क्रिकेट बलियो बनाउँछ र दीर्घकालीन विकासमा टेवा पुग्छ।’

त्यसैगरी सहयोगी संस्था सीएबीएसका प्रबन्ध निर्देशक मेहलुली म्पोफुले भनेका छन्, ‘यो क्रिकेटमा मात्र नभई देशका युवाको सपना र सम्भावनामा लगानी हो। हामी खेलमार्फत उनीहरूलाई अवसर र आत्मगौरव दिलाउने उद्देश्यले अघि बढेका छौं।’

सीएबीएस सन् २००४ देखि क्रिकेटसँग आबद्ध रहँदै आएको छ र पछिल्ला वर्षहरूमा पनि क्रिकेट विकासका पहलहरूमा निरन्तर सहयोग गर्दै आएको छ। जिम्बाबेले यस वर्ष ७ टेस्ट खेल खेलेको छ र दक्षिण अफ्रिका तथा न्यूजिल्याण्ड सँग त्रिकोणात्मक टी-२०आई सिरिज आयोजना गरिसकेको छ।

अब जिम्बाबेले जुलाई ३० देखि न्यूजिल्याण्डसँग दुई टेस्ट खेल्दैछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली