2026-08-05 04:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

६ महिना २० जना पुरुषसँग डेट, २० आइफोन!-आइफोनबाट घर किनिन् यी महिलाले

काठमाडौँ | चीनमा एकजना महिलाले ६ महिना भित्रमा २० जना पुरुषसँग डेट गरिन् । ती सबैसँगबाट उनले उपहारमा आइफोन मागिन् । अनि ब्वाइफ्रेण्डहरूले दिएका ती सबै आइफोन बिक्री गरिन् । आइफोन बिक्रीबाट प्राप्त भएको रकमबाट उनले आफ्ना लागि एउटा घर खरिद गरेकी छिन् । यो अनौठो लाग्ने रोचक कहानी एउटा पछिल्लो भाइरल काण्डको खुलासा पश्चात् निकै चर्चामा छ । चिनियाँ सोसल मिडियामा यस विषयमा ठूलै बहस भइरहेको छ ।

 

साउथ चाइना मर्निङ पोस्टका अनुसार चीनमा हालै क्रस-ड्रेसिङ्ग स्क्याम नामक काण्डको खुलासा पछि सन् २०१६ को ती महिलाको अर्को काण्डले पुन: चर्चा पाएको हो । पछिल्लो क्रस-ड्रेसिङ्ग काण्डमा एकजना मानिस महिला बनेर धाराबाहिक रुपमा पुरुषहरुसँग डेट गर्दछ अनि उनीहरुको पैसा ठग्दछ । सो व्यक्ति सिस्टर हंगको नामबाट चीनमा भाईरल बनिरहेको छ । सिस्टर हंगको काण्डले चीनमा मानिसहरुको ध्यान ती महिला संलग्न एउटा पूरानो घटनातर्फ खिँचेको छ ।

 

सिस्टर हंगको काण्डसँगै चर्चामा आयो यी महिलाको कहानी

सिस्टर हंगको जस्तै, अझ धेरै अचम्ममा पार्ने अर्को काण्ड चीनमा करिब ९ वर्षअघि भएको थियो। जसमा एकजना महिलाले केही पुरुषहरुसँग डेट गरेर उनीहरुबाट महँगो आइफोन गिफ्टमा लिन्छिन् । अनि ती सप्पै आइफोन बिक्री गरेर प्राप्त भएको रकमबाट घर खरिद गर्छिन् । सिस्टर हंगको काण्ड हालै सार्वजनिक भएपछि मानिसहरुले ९ वर्ष पूरानो उक्त घटनाको स्मरण गरिरहेका छन् र ती महिलालाई सिस्टर हंगको पनि गुरु भनिरहेका छन् ।

प्रेमको जालमा फसाएर आइफोन प्राप्ति

 

यो कहानी मानिसहरुलाई निकै रोचक लागिरहेको छ । किनकि ती महिलाले मात्र ६ महिनामा २० जना पुरुषसँग डेटिङ गएर उनीहरुबाट उपहारमा आइफोन हात पारेकी थिइन् । त्यसपछि उनले सबै आइफोन बिक्री गरेर १७ हजार डलर बराबरको रकम जम्मा गरिन् र त्यसबाट आफ्नै फ्लाट खरिद गर्न बैना भुक्तानी गरिन् ।

समाचार अनुसार नाम गोप्य राखिएकी ती महिला सेन्जेनस्थित एक कम्पनीमा निकै कम तलबमा कनिष्ठ सहायक कर्मचारीको रुपमा काम गर्दथिन् । उनले जब आफूले आफ्नै गृहनगरमा फ्लाट खरिद गरेको कुरा सोसल मिडियाबाट खुलासा गरिन्, तब उनलाई चिन्ने मानिसहरु तिनछक परे ।

यसरी पत्ता लाग्यो कर्तुत

तत् पश्चात् केही समयभित्रै उनका सहकर्मीहरुले ती महिलाको कर्तूत पत्ता लगाए । उनले ६ महिनाभित्रमा २० जना पुरुषसँग डेट गरेको खुलासा भयो । आफूले डेट गरेका एकपछि अर्को पुरुषसँग उनले आइफोन उपहार मागिन् र सबैसँगबाट गरी २० वटा आइफोन हात पारिन् । उनले ती फोनहरु अनलाइनमा बिक्री गरेकी थिइन् । विद्युतीय उपकरणको व्यापार गर्ने प्लाटफर्ममा काम गर्ने एक कर्मचारीले ती महिलासँग फोन खरिद गरेको पुष्टि गरेका छन् ।

उनका अनुसार ती महिलासँग बिक्रीका लागि २० वटा नयाँ आइफोन ७ उपलब्ध थिए । ९ वर्षअघि आइफोन ७ भनेको निकै नयाँ मोडेलको फोन थियो । ती आइफोनमध्ये अधिकांस प्याकेट नै नखोलिएका वा पूर्णत: नयाँ हालतका फोन थिए । ती सबै फोन करीब ६ हजार युआन मूल्यमा बिक्री भए । अर्थात् उनले फोन बिक्रीबाट १ लाख २० हजार युआन भन्दा धेरै रकम हात पारेकी थिइन्, जुन फ्लाट खरिदका लािग पर्याप्त थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेशबाट नेपाल फर्किने नेपालीलाई सुन तस्कर तथा दलालको प्रलोभनमा नपर्न आग्रह नक्कली सुकुम्वासी वास्तवमा असली सुकुम्वासीका दुस्मन हुन्: राजीव खत्री सरकार आर्थिक समृद्धिको लक्ष्यमा छ : परराष्ट्रमन्त्री खनाल सुनसरी घटनाको जिम्मा सरकारले लिनुपर्छ: भीष्मराज आङदेम्बे नेप्से परिसूचक २१.१५ अंकले घट्यो हिमाल आरोही निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न माग बाढी र पहिरोले पाँच सडकखण्ड अवरुद्ध मधेसमा जहिले पनि गोली मात्रै किन चल्छ, लाठी र टियर ग्यास किन चल्दैन? : सांसद सिंह नेपालमा एउटै मात्र सेना छ, त्यो हो नेपाली सेना: हर्कराज राई सुनसरी लगायतका घटनाको निष्पक्ष अनुसन्धान गर्न कांग्रेसको माग कम्तीमा एक महिना पुग्ने मौज्दात हुनेलाई ग्यासको लाइनमा नबस्न संघको आग्रह प्रतिनिधि सभा बैठक जारी सुनसरी घटनामा घाइते भएकामध्ये अर्का एक जना युवकको मृत्यु सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफलमा प्रधानमन्त्री बालेन मुग्लिन-नारायणगढ सडक दुईतर्फी खुल्यो प्रधानमन्त्री शाह र प्रधानसेनापतिबिच भेटवार्ता सुनकोसी नदीमा वेपत्ता कार र यात्रुको मंगलबार बिहानैदेखि खोजी कार्य जारी सुनचाँदीको मूल्य घट्यो हामी राष्ट्रिय राजनीतिको मूलधारबाट झण्डैझण्डै टाढिने अवस्थामा छौँ: शंकर पोखरेल ​विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइने