१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

ग्रामीणस्तरमै पशु उपचार सेवा दिइनेः पशुपक्षी राज्यमन्त्री

२९ भाद्र २०७४, बिहीबार ०९:१७

भदौ २९, रसुवा। पशुपक्षी विकास राज्यमन्त्री गोमा कुँवरले पशुलाई ग्रामीणस्तरमै एथेष्5जनाअन्तर्गत भएका कामको स्थलगत निरीक्षणका लागि रसुवा पुग्नुभएकी मन्त्री कुA4र उठाउन लागू भएको हिमाली परियोजनाअन्तर्गत भएका कामको स्थलगत निरीक्षणका लागि रसुवा पुग्नुभएकी मन्त्री कुँवरले रासससँग कुराकानी गर्दै पशु उपचारका लागि प्रत्येक गाउँपालिकामा ल्याबसहितको उपकरण र यथेष्ट प्राविधिक व्यवस्थापन गरी सेवा दिन आवश्यक बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयसँग पत्राचार भइरहेको बताउनुभयो । 

उहाँले हिमाली परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत ठूलो भारको र ट्राउट माछा तथा बाख्रापालन क्षेत्रको स्थलगत निरीक्षण गरी परियोजनाको लगानी र किसानको मिहेनत समेतको प्रशंसा गर्दै सबै किसानलाई मिहेनती बनाउने जागरण ल्याउनुपर्ने बताउनुभयो । 

रसुवा र केरुङका अधिकारीबीच सम्पन्न सीमा बैठकमा व्यापारिक कारोबारको चापलाई दृष्टिगत गर्दै रसुवागढीबाट केरुङको पाङसिङका लागि दैनिक १०० देखि १२० सम्म नेपाली ट्रक कन्टेनर छोड्ने चिनियाँ अधिकारीले सहमति जनाएको र आज बिहानैदेखि सहमति कार्यान्वयन हुन थालेको रसुवाका प्रजिअ हिरादेवी पौडेलले बताउनुभयो । 

यसअघिका प्रशासकले पटक पटक आग्रह गरे पनि दैनिक ५० वटा मात्र ट्रक कन्टेनर छोड्ने गरेको अवस्थामा बर्सातको समय विद्यमान रहेको र नेपाल तर्फको सडक साँघुरो भएका कारण दुई देशको सीमा बैठकमा आफूले विशेष पहल गरेको बताउँदै प्रजिअ पौडेलले अबका दिनमा नेपाली ट्रक कन्टेनरले सडक किनारामा पार्किङ गर्ने समस्या क्रमशः हट्दै जाने बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह