२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भारतको उत्तराखण्डमा भीषण बाढी : ४ जनाको मृत्यु, ५० बेपत्ता

२१ श्रावण २०८२, मंगलवार १७:३५

काठमाडौँ ।भारतको उत्तराखण्ड राज्यमा मंगलवार बादल फाटेपछि आएको भीषण बाढीमा परेर चारजनाको मृत्यु भएको छ । ५० जना हराइरहेका छन् ।

एउटा पहाडबाट पानीको धारा उत्तरकाशीमा रहेको धराली गाउँतर्फ बढिरहेको डरलाग्दो भिडियो समेत सार्वजनिक भएको छ ।
खीरगंगा नदीमा बादल फाटेपछि बाढी आएको हो ।

उत्तरकाशी प्रहरीले बाढीका कारण भएको विनाशको तस्बिर सार्वजनिक गर्दै मानिसहरूलाई नदीबाट टाढा रहन आग्रह गरेको छ ।

बाढीमा फसेका मानिसको उद्धारका लागि टोलीहरू खटिएको उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले बताएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले धामीलाई फोन गरेर परिस्थितिको जानकारी लिएका छन् । यस वर्षामा उत्तराखण्डमा निरन्तर मुसलधारे वर्षा भएको छ । त्यहाँका गंगाल लगायतका प्रमुख नदीमा जलस्तर निकै धेरै बढेको छ । सोमवार मात्र दुईजनाको मृत्यु भएको छ भने रुद्रप्रयागमा दुईवटा पसल पहिरो र ढुंगामा पुरिएका छन् ।

भारतको मौसम विभागले उत्तराखण्डमा अत्यधिक वर्षा हुने भन्दै रेड अलर्ट जारी गरेको छ । यो हप्तापछि ठूलो वर्षा हुने येल्लो अलर्ट जारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट