२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अमेरिकाको कदमले भारतसँगै नेपालको अर्थतन्त्रमा कसरि सङ्कट पर्नसक्छ ……..

२०८२, २३ श्रावण बिहीबार १५:२६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सम्पूर्ण वस्तुहरूमा थप २५ प्रतिशत भन्सार शुल्क (ट्यारिफ) लगाउने निर्णय गरेपछि दुई देशबीचको सम्बन्धमा चिसोपन देखिन थालेको छ। यस निर्णयसँगै भारतबाट हुने अमेरिकी आयातमा कुल ट्यारिफ ५० प्रतिशत पुगेको छ, जसले भारतीय निर्यातमा गहिरो असर पार्ने अनुमान छ।

ह्वाइट हाउसले भारतले रुसी तेलको आयात गरेको आरोप लगाउँदै नयाँ शुल्क प्रणालीको घोषणा गरेको हो । यद्यपि भारतले अमेरिकाको यो आरोपको कडा विरोध गरेको छ । भारतीय विदेश मन्त्रालयले उक्त कदमलाई ‘अनुचित र तर्कहीन’ भन्दै अमेरिकी निर्णयको भत्र्सनासमेत गरेको हो ।

मन्त्रालयले वक्तव्य जारी गर्दै भनेको छ, ‘यो कदम अनुचित, अकारण र तर्कहीन छ ।’ साथै भारतले ऊर्जा सुरक्षाका लागि बजारको अवस्था अनुसार तेल आयात गर्ने स्पष्ट पार्दै, उक्त अमेरिकी निर्णयलाई दुर्भाग्यपूर्ण भनेको छ ।

ट्रम्पको यो कदम भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका लागि कूटनीतिक झट्का मानिएको छ। यसअघि वाशिंगटनले मोदीलाई ‘विश्वासिलो रणनीतिक साझेदार’ मानेर स्वागत नगरेको भने होइन । तर, अहिलेको ट्यारिफ कदमले त्यो सम्बन्धमा दरार आएको बुझिन्छ । विश्लेषकहरूले यो आर्थिक कदम मात्र नभई, ट्रम्पको असन्तुष्टि र कूटनीतिक दबाबको सङ्केत पनि भनेका छन् ।

भारतीय निर्यातमा पर्ने असरले दक्षिण एसियाली बजारमा समेत हलचल ल्याउने देखिन्छ। नेपालजस्ता भारतमा अत्यधिक निर्भर मुलुकहरूलाई भारतीय अर्थतन्त्रको झट्काले अप्रत्यक्ष प्रभाव पार्ने निश्चितजस्तै छ। भारतमा मूल्यवृद्धि र व्यापार सन्तुलनमा खलल परेमा, त्यसको असर नेपालमा उपभोग्य वस्तुको आपूर्ति, मूल्य र वैदेशिक व्यापारमा समेत देखिन सक्छ।

 

भारत–अमेरिका सम्बन्ध चिसिँदा क्षेत्रीय राजनीतिक सन्तुलनमा पनि प्रभाव देखिन्छ । यही बिचमा ट्रम्प मोदीसँग चिढिँदा भारतले भने नयाँ रणनीति सुरुगर्नसक्ने पनि विश्लेषण भइरहेका छन् । त्यो के भने बिग्रिएको चीन–भारत सम्बन्ध यहिबेला सुध्रिन सक्ने अनुमान लगाउन थालिएको छ ।

अमेरिकासँगको खलबलले भारतले चीनसँगको सम्बन्धमा नयाँ सन्तुलन खोज्ने सम्भावना बढेको हो । विश्लेषकहरूका अनुसार भारतले अब संयमित प्रतिक्रिया दिँदै आफ्ना वैकल्पिक साझेदारहरूलाई सक्रिय बनाउन सक्छ । छिमेकको गतिविधि तथा यो अवस्था नेपालले पनि चासोपूर्वक नियाल्नुपर्ने समय हो ।

व्यापार युद्धबाट अमेरिकी राष्ट्रपति ट्रम्पले रोजगारी र उत्पादनलाई अमेरिकामै फिर्ता ल्याउने, व्यापार घाटा कम गर्ने र अमेरिकी कम्पनीहरूलाई विश्वमा प्रतिस्पर्धी बनाउने आफ्नो लक्ष्य राखिरहेका छन् । उनले शक्तिशालीरुपमा उदाइरहेको चीनमाथि कठोर निर्णय गरिरहेका छन् । ट्रम्प यो ट्यारिफ नीतिको सिकार चीन र भारत मात्रै होइन, प्रविधि उत्पादनले उदाएको एसिया नै सिकार हुने विश्लेषण हुन थालेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी