2026-09-18 09:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कोशी प्रदेश

१४ वर्षीया बालिकामाथि रातभरी बलात्कार,भोलिपल्ट जंगलको ओढारमा भेटिइन्

काठमाडौँ | अघिल्लो सोमबार (साउन १९ गते) खोटाङको केपिलासगढी गाउँपालिकामा रहेको एक विद्यालयबाट घर फर्किँदै गरेकी १४ वर्षीया बालिका साँझ अबेरसम्म पनि घर आइपुगिनन्। अभिभावकले खोजी गर्न थाले। रातैभरि उनको केही सुराक भेटिएन। अभिभावक, गाउँले र शिक्षकहरूले पनि उनको खोजीमा सहयोग गरे। कतै फेला परिनन्।

भोलिपल्ट अर्थात् साउन २० गते मंगलबार उनी स्कुलबाट फर्कने बाटोमै रहेको जंगलको एउटा ओढारमा भेटिइन्। त्यसपछि बालिकाले जे सुनाइन्, त्यो सबैका लागि अत्याउने खबर थियो।

‘विद्यालयबाट फर्कने क्रममा उनीभन्दा केही सिनियर दुई जनाले बाटो छेकेर जंगलमा पुर्‍याएर जबरजस्ती करणी गरेको बालिकाले बयान दिएकी छन्,’ खोटाङका प्रहरी निरीक्षक सुशान्त मिश्रले भने, ‘पीडित बालिकाले आफूमाथि दुई जनाले रातैभरि जबरजस्ती गरेको बताएकी छन्।’

लगत्तै प्रहरीले आरोपीहरूको खोजी थालेको तर एक साता बित्दासम्म पनि फेला नपरेको प्रहरी निरीक्षक मिश्रले बताएका छन्। ‘आरोपितहरू पीडितभन्दा थोरै सिनियरहरू हुन् भन्ने खुलेको छ’, मिश्रले सोमबार भने, ‘खोजी जारी रहे पनि फेला परेका छैनन्।’

केपिलासगढीस्थित एउटा विद्यालयमा कक्षा ८ मा पढिरहेकी बालिकालाई ती दुई जनाले बाटो छेकेर जंगलतिर लगेका थिए। घटनाको दिनयता ती बालिका विद्यालय आउन नसकेको उनका एक शिक्षकले जानकारी दिए।

‘उनी अहिलेसम्म विद्यालय आउन सकेकी छैनन्,’ बालिकाले पढ्ने स्कुलका एक शिक्षकले भने, ‘हामीले उनलाई हामी तिम्रो साथमा छौं भनेका छौं।’ प्रहरीका अनुसार घटनाको भोलिपल्टै परिवारले प्रहरीमा जाहेरी दिएका छन्। पीडित बालिकाको स्वास्थ्य परीक्षण गरिएको प्रहरी भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई