१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कोशी प्रदेश

२ निर्दोष नानीहरूको चिहान माटोमुनि,प्रहरीले गर्‍यो उत्खनन,मृत्यु रहस्यमय भएको प्रहरीको आशंका

२८ श्रावण २०८२, मंगलवार १२:५४

काठमाडौँ | मृत्युपछि आफन्तले खाडलमा गाडेका दुई बालबालिकाको शव खोटाङ प्रहरीले खाडलबाट निकालेर पोस्टमार्टमका लागि अस्पताल लगेको छ।

यही साउन २२ गते राति स्थानीय जंगलमा मृत भेटिएका दिप्रुङ चुइचुम्मा गाउँपालिका-३ निवासी गोविन्द बस्नेतकी ११ वर्षीय छोरी मेनिषा
र ६ वर्षीय छोरा मेगराजको शव आफन्तले प्रहरीलाई जानकारी नै नगराइ खाडलमा गाडेका थिए।

‘दुई दिनपछि उक्त शव खाडलबाट निकालेर हामीले पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाएका छौँ,’ प्रहरी निरीक्षक सुशन मिश्रले भने, ‘ती बालबालिका भिरबाट लडेर मरेका भनिएको छ,’ मिश्रले भने, ‘तर, प्रहरीलाई कुनै जानकारी नदिइ शवको गाडेको पाइएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो।’

 

साउन २३ गते गाडिएका बालबालिकाको शवलाई प्रहरीले साउन २५ गते साँझ निकालेको हो।

कानुनी प्रक्रिया पूरा नगरी सामसुम पारेर गाडेकाे पाइएपछि चिहानलाई खोतलेर शव निकालेको इन्सपेक्टर मिश्रले जानकारी दिए।
‘घटनाको विषयमा हामीले थप अनुसन्धान अघि बढाएका छौँ,’ मिश्रले भने।

मृत भेटिएका दिदीभाइसहित गाउँका ६ जना बालबालिका यही साउन २१ गते हराएका थिए। खोजी गर्ने क्रममा दुई बालबालिकाको शव २२ गते भेटिएको थियाे। मृत भेटिएका बालबालिकासँगै गोविन्दकै कान्छी छोरी र छिमेकीका तीन छोरी पनि हराएका थिए। उनीहरू भने सकुशल घर फर्किएका छन्।

श्रीमतीले अर्कै विवाह गरेपछि दुई छोरी र एक छोराको नवराजले लालनपालन गर्दै आएका छन्। साउन २१ गते स्कुल नगइ घरबाट घुम्न हिँडेका उनीहरू साप्सुखोला तरेर थ्री स्टार हाइड्रोपावरसम्म पुगेर फर्किएको पाइएको छ।

घर फर्किंदा बाटो बिराउँदा उनीहरू भिरबाट खसेका अनुमान छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार