2026-09-13 02:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ट्रम्पको दबाबमा रुसबाट तेल किन्न बन्द गर्‍यो भने भारतलाई पर्न सक्ने असरहरु

रुसबाट तेल खरिद गरेकामा आक्रोशित अमेरिकाले गत हप्ता भारतविरुद्ध ५० प्रतिशत भन्सार महसुल (कर) लगाउने घोषणा गर्‍यो। यो अमेरिकाले भारतविरुद्ध लगाएको सबैभन्दा उच्च कर हो। अब यदि भारतले रुसबाट तेल किन्न बन्द गर्‍यो भने यसको इन्धन बिल उल्लेखनीय रूपमा बढ्न सक्छ।

 

पछिल्ला केही वर्षमा भारतले रुसबाट सस्तो तेल ल्याएर अर्बौं डलर बचत गरेको छ तर सामान्य उपभोक्ताका लागि पेट्रोल सस्तो भएको छैन। अगस्ट ६ मा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘रुसबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा तेल आयात गर्ने‘ कारण भारतविरुद्ध २५ प्रतिशत कर थप गरे। यद्यपि, यो निर्णय अगस्ट २७ देखि लागु हुनेछ।

तर यसले अमेरिकामा भारतीय निर्यातमा कर बढाएर ५० प्रतिशत पुर्‍याएको छ। भारतको विदेश मन्त्रालयले यो कदमलाई ‘अनुचित, अन्यायपूर्ण र अनावश्यक’ भनेको छ। मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, रुसबाट तेल खरिद गर्नु बजार कारकमा निर्भर गर्छ। यो आयात भारतका १.४ अर्ब जनताको ऊर्जा सुरक्षाका लागि आवश्यक छ। चीन र टर्की पनि रुसी तेलका ठूला खरिदकर्ता हुन् तर अमेरिकाले भारतविरुद्ध सबैभन्दा बढी कर लगाएको छ।

सेन्टर फर रिसर्च इनर्जी एन्ड क्लिन एयरको विश्लेषणअनुसार, जुन २०२५ सम्म चीन, भारत र टर्की रुसी तेलका तीन ठूला खरिदकर्ता थिए। तर अमेरिकाले सबैभन्दा बढी कर भारतविरुद्ध लगाएको छ। चीनमा भने उसले ३० प्रतिशत र टर्कीमा १५ प्रतिशत कर लगाएको छ। अमेरिका भारतको सबैभन्दा ठूलो निर्यात बजार हो। २०२४ मा भारतको कुल निर्यातको १८ प्रतिशत अमेरिकामा भएको थियो।

तर ५० प्रतिशत करले भारतलाई अमेरिकी बजारमा आफ्ना प्रतिस्पर्धीहरूभन्दा पछाडि पार्नेछ। उदाहरणका लागि अमेरिकाको व्यापारमा भियतनाम र बंगलादेशको महत्त्वपूर्ण हिस्सा छ। तर उनीहरूविरुद्ध २० प्रतिशत मात्र कर लगाइएको छ।

भारत विश्वको तेस्रो ठूलो कच्चा तेल आयातकर्ता हो। भारतले तेल आवश्यकताको लगभग ८५ प्रतिशत आयातमार्फत पूरा गर्छ। युक्रेन युद्धअघि भारत आफ्नो अधिकांश तेल आयातका लागि मध्यपूर्वी देशहरूमा निर्भर थियो। आर्थिक वर्ष २०१७-१८ मा भारतको तेल खरिदमा रुसको हिस्सा केवल १.३ प्रतिशत थियो। तर युक्रेन युद्ध सुरु भएयता अवस्था बदलियो। रुसी कच्चा तेलको मूल्य घट्दै जाँदा रुसबाट भारतले गर्ने आयात द्रुत गतिमा बढ्यो।

आर्थिक वर्ष २०२४-२०२५ सम्म आइपुग्दा भारतको कच्चा तेल आयातमा रुसको हिस्सा ३५ प्रतिशत पुगेको छ। आईसीआरएको अनुमान अनुसार, यी छुट प्राप्त खरिदका कारण भारत आर्थिक वर्ष २०२२-२३ मा आफ्नो आयात बिलमा ५.१ अर्ब डलर र आर्थिक वर्ष २०२३-२४ मा ८.२ अर्ब डलर बचत गर्न सफल भयो।

यस परिवर्तनका कारण मार्च २०२२ मा भारतको क्रुड बास्केट (आयातीत तेलका लागि भारत सरकारको बेन्चमार्क) को मूल्य प्रतिब्यारेल ११२.८७ डलर थियो। तर मे २०२५ मा यो प्रतिब्यारेल ६४ डलरमा झर्‍यो।

सस्तो तेलले आम उपभोक्तालाई कति फाइदा?

सस्तोमा कच्चा तेल पाए पनि दिल्लीमा पेट्रोलको औसत खुद्रा मूल्य १७ महिनादेखि प्रतिलिटर रु ९४.७ मा स्थिर रह्यो। अर्थात्, कम मूल्यको फाइदा उपभोक्तासम्म पुगेको छैन। पेट्रोलको मूल्यमा चार कुरा छन्। डिलरहरूलाई लगाइने आधार मूल्य, डिलर कमिसन, उत्पादन शुल्क र भ्याट।

जनवरी २०२५ मा दिल्लीमा पेट्रोलको मूल्य प्रतिलिटर रु ९४.७७ थियो, जसमध्ये ५५.०८ डिलरहरूलाई लगाइने आधार मूल्य थियो। डिलर कमिसन रु ४.३९ थियो। १९.९० रुपैयाँ उत्पादन शुल्क र १५.४० रुपैयाँ भ्याट थियो।

जुलाई २०२५ सम्ममा डिलर मूल्य प्रतिलिटर ५३.०७ रुपैयाँमा झर्‍यो। तर उत्पादन शुल्क २१.९० रुपैयाँ पुर्‍याइएपछि खुद्रा मूल्य उस्तै रह्यो। आर्थिक वर्ष २०२४-२०२५ मा भारत सरकारले पेट्रोलियम क्षेत्रबाट उत्पादन शुल्कका रूपमा २.७२ लाख करोड रुपैयाँ आम्दानी गरेको थियो, जबकि राज्यहरूले भ्याटबाट ३.०२ लाख करोड रुपैयाँ संकलन गरेका थिए।

कोरोना महामारीका बेला केन्द्र सरकारको अन्तःशुल्कबाट हुने आम्दानी अझ बढी थियो। यो आम्दानी आर्थिक वर्ष २०२०-२१ मा ३.७३ लाख करोड रुपैयाँको शिखरमा पुग्यो, जबकि यस अवधिमा इन्धनको मूल्य घटेको थियो।

एसबीआई अनुसन्धान प्रतिवेदनअनुसार, भारतले आर्थिक वर्ष २०२५-२६ को बाँकी महिनामा रुसबाट तेल आयात गर्न बन्द गर्‍यो भने आर्थिक वर्ष २०२५-२६ मा इन्धन बिल ९.१ अर्ब डलर पुग्नेछ। साथै यो आर्थिक वर्ष २०२६-२७ मा ११.७ अर्ब डलर पुग्न सक्छ।

आरबीआईका गभर्नर सञ्जय मल्होत्राले पत्रकार सम्मेलनमा भने, ‘तेल आयातको स्रोत परिवर्तन गरियो भने मूल्यमा यसको प्रभाव त्यस समयमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य के छ र अन्य अवस्था के छ भन्ने कुरामा निर्भर गर्छ।’

मल्होत्राले थपे, ‘अर्को महत्त्वपूर्ण कुरा के हो भने तेलको मूल्य बढ्ने वा घट्ने भन्ने कुरा सरकारले उत्पादन शुल्क र अन्य कर घटाएर कति बोझ लिन्छ भन्ने कुरामा पनि निर्भर गर्छ। त्यसैले हामी अहिले यस कारण मुद्रास्फीतिमा कुनै ठूलो प्रभाव देख्दैनौँ। मलाई विश्वास छ- कुनै झट्का लाग्यो भने सरकारले आर्थिक मोर्चामा उपयुक्त निर्णय लिनेछ।’

नयाँ दिल्लीस्थित थिंक ट्यांक इन्डिपेन्डेन्ट इनर्जी पोलिसी इन्स्टिच्युटका अध्यक्ष नरेन्द्र तनेजाका भनाइमा- यदि भारतले रुसबाट तेल किन्न बन्द गर्‍यो भने यो परिमाण अचानक विश्वव्यापी आपूर्ति प्रणालीबाट गायब हुनेछ। यसले तेलको मूल्य बढ्ने सम्भावना छ।

उनले थपे, ‘यसले स्पष्ट रूपमा भारतीय अर्थतन्त्रमा पनि प्रभाव पार्नेछ।’ साथै उनले भारतले रुसबाट गर्ने तेल खरिद विश्वव्यापी आपूर्ति प्रणालीबाट गायब भयो भने कुनै पनि बजारले त्यो माग पूरा गर्न सक्षम नहुने दाबी पनि गरे।

उनले भने, ‘त्यसैले मूल्य निश्चित रूपमा बढ्नेछ। यो कति बढ्छ भनेर भन्नचाहिँ गाह्रो छ। तर एउटा कुरा के स्पष्ट छ भने यसले विश्वभरका अधिकांश उपभोक्तालाई असर गर्नेछ र अमेरिकी उपभोक्ता नै सबैभन्दा बढी पीडित हुनेछन्।’ -बीबीसी हिन्दी

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले