ताराबहादुर महत । भाद्र ३१, दोलखा । जोखिम भत्ता कटौतिको विरोधमा गत बुधबारदेखि बन्द भएको प्रस्तावित चरिकोट अस्पतालको प्रयोगशाला र रेडियोलोजी सेवा भोलिदेखि शुचारु हुने भएको छ ।

शुक्रबार रातिसम्म न्याय हेल्थ नेपाल र अ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  ताराबहादुर महत । भाद्र ३१, दोलखा । जोखिम भत्ता कटौतिको विरोधमा गत बुधबारदेखि बन्द भएको प्रस्तावित चरिकोट अस्पतालको प्रयोगशाला र रेडियोलोजी सेवा भोलिदेखि शुचारु हुने भएको छ ।

शुक्रबार रातिसम्म न्याय हेल्थ नेपाल र अ"/>

२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

कर्मचारीको माग सम्बोधन, चरिकोट अस्पतालको सम्पुर्ण सेवा भोलिबाट शुचारु हुने

२०७४, ३१ भाद्र शनिबार ०९:३४

 ताराबहादुर महत । भाद्र ३१, दोलखा । जोखिम भत्ता कटौतिको विरोधमा गत बुधबारदेखि बन्द भएको प्रस्तावित चरिकोट अस्पतालको प्रयोगशाला र रेडियोलोजी सेवा भोलिदेखि शुचारु हुने भएको छ ।

शुक्रबार रातिसम्म न्याय हेल्थ नेपाल र अस्पतालको प्रयोगशाला तथा रेडियोलोजी विभागमा कार्यरत कर्मचारीहरुविच भएको छलफलबाट यसअघि दिँइदै आएको जोखिम व्यवस्थापन भत्तालाई निरन्तरता दिने सहमति भएपछि आफूहरु सेवा शुचारु गर्न तयार भएको प्रयोगशालाका कर्मचारी सन्तोष पोखरेलले जानकारी दिनुभयो ।

अस्पतालका निर्देशक वुसन प्रसाँईले भने संस्थाको बृहत सेवा तथा सुविधा सम्बन्धि अध्ययन समितिले अध्ययन गरेर जोखिम भत्ता मात्र नभई कर्मचारीहरुको हकहितका लागि कानुनी प्रावधान अनुरुप सेवा सुविधा दिने सहमति भएको बताउनुभयो। सार्वजनिक निजी साँझेदारी मोडलमा संचालित स्वास्थ्य संस्थाले नेपाल सरकारद्वारा जारी ‘प्रयोगशाला तथा रेडियोलोजि जोखिम भत्ता व्यवस्थापन निर्देशिका, २०७२’ मा भएको प्रावधान बाध्यकारी देखिएमा कर्मचारीहरुको जोखिम भत्ता चालु आर्थिक बर्षको शुरुवातदेखिको नै दिएर कर्मचारीहरुको मनोबल बढाउन आफूहरु  तयार रहेको निर्देशक प्रसाँईको भनाई छ । आफूहरु भत्ता कटौतिको पक्षमा नरहेको भएपनि बजेट अभावले भत्ता निरन्तरता गर्न नसकिएको उहाँले बताउनुभयो ।

गत आर्थिक बर्षको पुषदेखि असारसम्म भत्ता दिईएको भएपनि २०७४ श्रावणदेखि भत्ता नदिईएको भन्दै त्यस विभागका कर्मचारीहरुले गत बुधबारदेखि आपतकालिन बाहेकका सबै सेवा अबरुद्ध पारेका थिए ।  चरिकोटस्थित प्रस्तावित चरिकोट अस्पतालको प्रयोगशाला तथा रेडियोलोजी विभागका कर्मचारीहरुले आपतकालिन बाहेकका सेवा ठप्प पारपछि सैयौं विरामीहरु सेवा लिनबाट बञ्चित भएका थिए । प्राथमिक स्वास्थ्य केन्द्र चरिकोट र न्याय हेल्थ नेपाल नामक गैर सरकारी संस्थाको साँझेदारीमा संचालित अस्पतालमा दैनिक औषत ३ सय जना विरामीले सेवा लिने गरेको अस्पताल श्रोतको भनाई छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल