२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

रक्सि सेवनगर्दा कुवेतमा ६ नेपालीसहित १३को मृत्यु,मिर्गौला देखि दृष्टिदोषका लक्षण

३१ श्रावण २०८२, शुक्रबार १२:५४

काठमाडौँ | कुवेतमा अवैध तथा विषाक्त मदिरा सेवनका कारण ६ जना नेपालीसहित १३ जना एसियाली नागरिकको मृत्यु भएको छ। कुवेतस्थित नेपाली दूतावासले घटना पुष्टि गर्दै थप विवरण संकलन भइरहेको जनाएको छ।

दूतावासका श्रम सहचारी गिरीप्रसाद आचार्यका अनुसार, मृतकमध्ये अधिकांश भारतीय र केही नेपाली रहेका छन्। “केही शव अस्पतालमा छन्, धेरैजना उपचाररत छन्। मृतक नेपाली कुन कम्पनीमा कार्यरत थिए भन्ने जानकारी बुझ्ने काम भइरहेको छ,” उनले भने।

नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष राज मल्लका अनुसार, मृत्यु हुने ६ नेपालीमध्ये ५ पुरुष र १ महिला छन्। दुईको मृत्यु आदान अस्पतालमा भएको छ भने चार जना सालबिया क्षेत्रमा कम्पनीको मजदुर शिविरमै मृत अवस्थामा फेला परेका छन्।

कुवेती सञ्चारमाध्यमका अनुसार, गत शनिवारदेखि विषाक्त मदिरा सेवन गरेर बिरामी हुनेको संख्या बढ्दै गएको छ। स्वास्थ्य मन्त्रालयका तथ्यांक अनुसार बुधवारसम्म ६३ जना अस्पताल भर्ना भएका छन्। तिनमध्ये १३ जनाको मृत्यु भएको छ भने ३१ जना भेन्टिलेटरमा गम्भीर अवस्थामा छन्। ५१ जनाले मिर्गौला डायलाइसिस गराइरहेका छन् र २१ जनामा आंशिक वा पूर्ण दृष्टिदोष देखिएको छ।

प्रारम्भिक अनुसन्धानमा मदिरामा मेथानोल प्रयोग भएको फेला परेको छ। मेथानोल उद्योगमा एन्टिफ्रिज, सोल्भेन्ट र इन्धन बनाउन प्रयोग हुने रसायन हो, जसको सेवनले टाउको दुखाइ, बान्ता, दृष्टिदोष, कोमा र मृत्यु समेत हुन सक्छ। सामान्य मदिरामा पाइने एथानोल भने मानव उपभोगका लागि प्रयोग गरिन्छ।

कुवेतमा मदिरा पूर्ण रूपमा प्रतिबन्धित भए पनि अवैध रूपमा उत्पादन र बिक्री हुने गरेको छ। स्वास्थ्य मन्त्रालयले विषाक्त मदिराको स्रोत पत्ता लगाउन अनुसन्धान सुरु गरेको छ।

यसअघि पनि कोरोना महामारीको समयमा यस्तै विषाक्त मदिरा सेवनका कारण १२ जना नेपालीको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै