2026-09-05 12:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मोदीले भने : आणविक धम्की र ब्ल्याकमेलिङ सहन नसक्ने,दीपावलीमा उपहार दिन्छु

भारतले आज आफ्नो ७९ औँ स्वतन्त्रता दिवस मनाएको छ। लाल किल्लाको पर्खालमा तिरंगा (झण्डा) फहराइसकेपछि राष्ट्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले अपरेशन सिन्दूरका बहादुर सिपाहीहरूलाई सलाम गर्ने अवसर मिलेको बताएका छन्। लाल किल्लाको पर्खालबाट १२ औँ पटक तिरंगा फहराएका उनले आफ्ना सिपाहीले शत्रुहरूले गरेको कल्पनाभन्दा बाहिरको दण्ड दिएको बताएका हुन्।

प्रधानमन्त्री मोदीले भने, ʻभारतले रगत र पानी एकसाथ बग्ने छैन भन्ने निर्णय गरेको छ।ʼ उनले भारतीय नदीको पानीले शत्रुहरूको खेत सिँचाइ गरिरहेको बताए। भारतले आफ्नो भागको पानी पाउने उनले बताए। मोदीले भने,ʻयसमा भारतका किसानहरूको अधिकार छ। सिन्धु सम्झौता एकतर्फी र अन्यायपूर्ण थियो। यो सम्झौता राष्ट्रिय हितमा स्वीकार्य छैन।ʼ

प्रधानमन्त्री मोदीले भारतले आणविक धम्की सहन नसक्ने बताए। उनले अब आफूहरु ब्ल्याकमेलिङ सहन नसक्ने बताए। उनले भने,ʻदेशलाई विकसित बनाउन हामी अब समुद्र मन्थनतर्फ अघि बढिरहेका छौँ। हामी हाम्रो समुद्र भित्र तेल र ग्यासको भण्डार खोज्ने दिशामा मिसन मोडमा काम गर्न चाहन्छौँ।ʼ

प्रधानमन्त्री मोदीले भारतसँग लडाकु विमानका लागि आफ्नै मेड इन इन्डिया जेट इन्जिन हुनुपर्ने बताए। उनले भने,ʻविकसित भारतको आधार पनि आत्मनिर्भर भारत हो। यदि कोही अरूमा धेरै निर्भर हुन्छ भने स्वतन्त्रताको प्रश्न आफैँमा हराउन थाल्छ।ʼ

प्रधानमन्त्री मोदीले देशका प्रत्येक नागरिकले अन्तरिक्ष क्षेत्रको चमत्कार देखिरहेको बताए। उनले भने,ʻहामी अन्तरिक्षमा आत्मनिर्भर भारत गगनयानको लागि पनि तयारी गरिरहेका छौँ। हामी आफ्नै अन्तरिक्ष स्टेशन निर्माण गर्ने दिशामा काम गरिरहेका छौँ।ʼ

प्रधानमन्त्री मोदीले दीपावलीमा देशवासीहरूले धेरै ठुलो उपहार पाउने बताए। उनले भने, ʻविगत आठ वर्षमा हामीले जीएसटीमा ठुलो सुधार गरेका छौँ। अब हामी अर्को पुस्ताको जीएसटी सुधार ल्याउँदैछौं। यो दिवालीमा तपाईंका लागि उपहार हुनेछ।ʼ

प्रधानमन्त्री मोदीले सामान्य मानवीय आवश्यकताका लागि करमा उल्लेखनीय कमी ल्याइने बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल