2026-09-15 08:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गर्तिम्ला-झुलेनी जोड्ने पर्यटन सडक उपेक्षामा, परेन बजेट

असोज १, प्युठान । गत आर्थिक बर्षमा साविकको फोप्ली गाविसस्थित गर्तिम्ला देखि झुलेनी बाटो खनियो । एक लाख चालिस हजार लागतमा तिन किलोमिटर भन्दा बढि बाटो सरकारी बजेटमा खनिएको थियो । तर दुखको कुरा यसपाली  भने आफैले जिताएर पठाएको जनप्रतिनिधिले यो सडकलाइ वास्ता गरेन्न । 

फोप्लीका प्राय टोल र गाउमा सडक पुगेका छन । तिनमा लाखौको रकम समेत खर्च गरिएको छ तर स्थानिय सरकारले भने महत्वपुर्ण यो पर्यटकिय बाटोमा वजेट पारेन । बजेट अभावले झुलेनी सम्म पुग्ने सडक अधुरै छोडिएको छ । 

गत बर्ष सरकारी वजेट परेको यो ठाउँमा बाटो खन्ने कार्य सम्पन्न नहुन्जेल वजेट पुर्नुपर्ने भएपनी स्थानिय सरकारको उपेक्षाले यो सडकमा वजेट नपरेको स्थानियको भनाइ छ। यस गर्तिम्ला देखि झुलेनी बाटो निर्माण परियोजना भण्डारी समाज केन्दि«य समिति र गर्तिम्ला देखि माथी चिफलदरी सम्मका स्थानीय ५० घरधुरी साथै लुप्लुङवासीले पहल गरी वनेको हो ।

लुप्लुङ भन्डारिहरुको उद्धगमथलो भनेर चिनिन्छ । स्थानीय निर्वाचनमा घरदैलो मै बाटो पुर्याउने जननिर्वाचित प्रतिनिधिहरुको पनि प्रतिबद्धता थियो।त्यसैले हामिले  भोट दियौ र जितायौं तर जनप्रतिनिधिले यति ठुलो समुदायको बाटोलाई बेवास्ता गरी वजेट नछुट्याएकोमा स्थानीयको  ठुलो गुनासो छ ।

हालै सम्पन्न स्थानिय तह निर्बाचनमा नौबहिनी गाउपालीमा माओबादी- काङ्ग्रेस गठबनधनले जितेको थियो । 

जितेका जनप्रतिनिधिले आफ्नो कार्यकर्ता भएको ठाउमा मात्र बजेट हालेको स्थानियले बताए । चुनाब जितेकाहरुले जनताको दुखकष्ट्र र समस्यालाइ प्राथमिक्तामा राखेन्न स्थानिय भन्छन ।  

यस वस्तिका स्थानिय सुत्केरी, विरामीहरुलाई अस्पताल सम्म पुराउन अझै डोकोमा बोकेरै घण्टौ लगाएरै अस्पतालसम्म पुग्नुपर्ने अवस्था छ । गर्तिम्ला देखे माथि चिफलदरी हाल नौवहिनी गाउँपालिका वडा न ८ लुप्लुङको  मथिल्लो भेग हो । यस नौवहिनी गाउँपालिकामा नेपाली काग्रंसको तर्फबाट गाउँपालिका प्रमुख र वडा अध्यक्षमा माओवादी केन्द्रले जितेको थियो । 

 बाटो निर्माण पछि फाईदा तथा सुविधाहरु

१. निर्माण गरिने बाटो झुलेनी सम्म पुराईए राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार भई पर्यटकीय प्रबद्घन तथा विकास हुने थियो । २. झुलेनीमा कुलबराह देवताको पवित्र मन्दिर बनाईने योजना भएकोले निर्माण सामाग्री ढुवानी गर्न सजिलो तथा कम लागत लाग्ने थियो । 

३. वैज्ञानीक तरिकाले बाटो वस्ती समेटेर लगिने भएकोले स्थानीय मनिसको यात्रामा सुविधा हुने थियो । 

४. स्थानीय मानिसहरु विरामी पर्दा सुत्केरी अवस्थामा एम्वुलेन्स घर सम्म पुगी अस्पताल सम्म समयमै पग्ने तथा ज्यान बच्नेछ । साथै खाने पानीका ट्याङकर, दुधका ट्याङकर, आगलागीमा दमकलको समेत पहुँच हुने थियो । 

५. जेष्ठ नागरिक, बालबालिका तथा अपाङ्गता भएका व्यक्तिहरुलाई यात्रामा विषेश सुरक्षा तथा सुविधा हुने थियो । 

६. स्थानीय स्तरमा सरकारी विद्यालय, क्याम्पस, बाल सिकाई केन्द्र, सामुदायिक अध्ययन केन्द्र, सामुदायिक पुस्तकालय, सामुदायिक स्वस्थ्य चौकी, खानेपानी तथा अन्य संरचना बनाउदा सजिलो र सामाग्री ढुवानीमा सस्तो हुने थियो । 

७. स्थानीय मानिसका घर, गोठ, शौचालय तथा अन्य संरचना बनाउदा सुविधा तथा सस्तोमा निर्माण सामाग्री ढुवानी गर्न सकिने थियो । 

८. स्थानीय स्तरमा उत्पादित तरकारी तथा अन्य वस्तुलाई सजिलै बजार सम्म पुराई मनिसहरुको आर्थिक आर्जनमा वृद्घी हुने थियो । 

९. भविश्य सम्ममा यो बाटो झुलेनी, पौले, मैरामारे हुदै रोल्पा जाने हुनाले स्थानीय व्यक्तीले होमस्टे वा साना होटल तथा पसल राखी आम्दानी गर्न सक्ने थियो । 

१०. स्थानीयहरुले आफ्नो जग्गा विक्रि गर्नु परेमा मोटर बाटोको पहुच भएको जग्गाको भाउ बढ्ने थियो । 

११. रोजगारी तथा अन्य उद्योग धन्दा स्थापना गरी आम्दानी गर्न सकिने थियो । 

१२. सुविधाको कारण मानिसको समयको वचत भई बाकि समय अन्य कार्यमा लगाउन सकिने थियो । 

१३ स्थानीय विद्यार्थी तथा अन्य अध्ययनशिल मानिसहरुको लागी अध्ययन सामाग्रीको उपलब्धता भई शिक्षामा विकास हुने थियो । 

१४. समुदायका सम्पुर्ण वर्गको विकासमा पहुँच तथा अधिकारको सुनिश्चित हुने थियो ।

यस कर्यलाई ढिला नगरी वजेटको व्यवस्था गरी बाटोको पहुँच पुराइयोस भन्ने  जनप्रतिनिधिहरु समक्ष  स्थानियहरुको जोडदार माग छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ