2026-10-27 05:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

मनाङमा स्याउ टिप्न शुरु

असोज १,पोखरा। स्याउको याम सकिन लाग्दा मनाङका कृषकले स्याउ टिप्न थालेका छन् । यस वर्ष जिल्लामा स्याउ उत्पादन १० प्रतिशतले बढ्ने भएको छ । अनुकूल मौसम, स्याउ खेतीका लागि बगैँचा विस्तार, मलजल र सिँचाइको व्यवस्थाबाट स्याउ उत्पादनमा वृद्धि हुन गएको कृषि विकास कार्यालयका प्राविधिक सहायक यौवनकुमार सुनुवार बताउनुभयो । 

जिल्लामा गत वर्ष ६६५ मेट्रिक टन स्याउ उत्पादन भएको थियो । उत्पादित स्याउ बिक्रीबाट कृषकले झण्डै रु एक करोड ८० लाख कमाइ गरेका थिए । 

यस वर्ष जिल्लामा ८२५ मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान गरिएको छ । जिल्लाको कूल २०५ हेक्टर स्याउको उत्पादन क्षेत्र मानिएपनि कृषकले ८७ हेक्टर जमिनमा स्याउ लगाएका छन् । 

जिल्लाका चार गाउँपालिकामध्ये नेस्याङ, चामे र नास्योङ गाउँपालिकामा मात्रै स्याउ खेती गरिन्छ । उत्पादित अधिकांश स्याउ आन्तरिकरुपमा नै खपत हुने गर्दछ । बाँकी भएको स्याउ जिल्लामा आउने पर्यटक, कर्मचारी र अन्य व्यक्तिले नै खरिद गर्ने गर्दछन् भने केहीले लमजुङको बँेसीशहर र काठमाडौँमा लगेर बिक्री गर्ने गर्दै आएका छन् । 

जिल्लामा अहिले स्याउको मूल्य प्रतिकिलो रु १०० देखि १५० सम्ममा बिक्री हुने गरेको छ । जिल्लामै स्याउका बेर्ना उत्पादन गर्न नर्सरी बनाउन थालिएको छ । यसअघि बैतडी र जुम्लाबाट बेर्ना ल्याई रोप्ने गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला