2026-11-01 08:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

वीरगञ्ज महानगरको भवन र सवारीसाधन जलेर नष्ट

काठमाडौँ | जेनजी प्रदर्शनका क्रममा प्रदर्शनकारीको तोडफोड र आगजनीले वीरगञ्ज महानगरको भवन तथा सवारीसाधनमा ठूलो धनजनको क्षति भएको छ ।

प्रदर्शनकारीले वीरगञ्ज महानगर परिसरमा रहेका साना–ठूला आधा दर्जन भवन र डेढ दर्जनभन्दा धेरै सवारीसाधनमा आगजनी गरेर क्षति पु¥याएका छन् । वीरगञ्ज महानगरका प्रशासन तथा व्यवस्थापन महाशाखा प्रमुख सुनिलकुमार कर्ण वीरगञ्ज महानगरका आधा दर्जन भवन जलेर नष्ट भएको बताउनुभयो । “वीरगञ्ज महानगर परिसरमा छ वटा भवन रहेका छन् । तीमध्ये सबैजसो भवन जलेका छन्”, उहाँले भन्नुभयो, “जलेका भवनमा महानगरको कार्यालय सञ्चालन गर्न सक्ने अवस्थामा रहेका छैनन् ।”

जेनजी प्रदर्शनीमा अराजक समूहले महानगरका महत्वपूर्ण कागजात जलाएर खरानी बनाइदिएपछि महानगर कसरी सञ्चालन गर्ने चुनौती थपिँदै गइरहेको छ । यद्यपी अहिले वीरगञ्ज महानगरका सरसफाइ कर्मीले परिसर वरपर सरसफाइका कामलाई अघि बढाउँदै आइरहेका छन् । “महानगरका विभिन्न शाखा तथा महाशाखाका लगभग सबैजसो कागजात तथा कुर्ची टेलब लगायतका फर्निचर आगजनी तथा चोरी गरेर लगेका छन”, उहाँले भन्नुभयो, “कम्प्युटर, प्रिन्टर्स, कम्प्युटरको हार्डड्राइभलगायतका अत्यावश्यक उपकरण चोर्ने र जलाउने दुवै भएका छन् । सबैको व्यवस्थापन गरेर पहिलाकै अवस्थामा फर्किन अझै लामो समय लाग्ने देखिन्छ ।”

प्रशासन तथा व्यवस्थापन महाशाखा प्रमुख कर्णले प्रदर्शनकारीले १३ वटा सवारीसाधन र सात वटा मोटरसाइकल जलाएर नष्ट पारेको जानकारी दिनुभयो । “वीरगञ्ज महानगरमा गत मङ्गलबार साढे १२ बजेपछि आक्रमण गरेर आगजनी तथा नष्ट गर्ने काम सुरुवात भएको थियो”, उहाँले भन्नुभयो, “अहिले महानगरको ९५ प्रतिशत संरचनामा क्षति भएको छ”, उहाँले भन्नुभयो ।

वीरगञ्ज महानगरको यान्त्रिक महाशाखाका प्रतिनिधि जयराम महतोले वीरगञ्ज महानगरका १३ वटा सवारीसाधन जलेर नष्ट भएको बताउनुभयो । “स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट ल्याएको एउटा सवारीसाधन जलेर नष्ट भएको छ । एक जना ठेकेदारको एउटा गाडी जलेर नष्ट भएको छ”, उहाँले भन्नुभयो, “तीन वटा विद्युतीय रिक्सा पनि जलेर नष्ट भएका छन् ।”

उहाँले सवारीसाधन जल्दा करिब रु आठ करोड बराबरको क्षति भएको दाबी गर्नुभयो । यसैबीच वीरगञ्ज महानगरको नगरप्रहरीले महानगरको सामान लुटपाट गरेर लैजानेसँग फिर्ता ल्याउने अभियान अघि सारेको छ । महानगरबाट लुटपाट गरेका सामान बिहीबारदेखि फिर्ता ल्याउने अभियान अघि सार्दै आइरहेको छ ।

वीरगञ्ज महानगरले पछिल्लो समय हार्डडिस्क नौ थान, केबल टेस्टर एक थान, कन्भर्टर तीन थानलगायतका सामान बरामद गरेको छ । त्यस्तै गरी टेबल, कुर्सी, फर्निचरलगायतका बरामद गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द