Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

तेह्रथुमका स्थानीय तहमा बैंक नहुँदा समस्या

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज ५, तेह्रथुम।  जिल्लाका तीन स्थानीय तहमा बैंक नहुँदा आर्थिक कारोबार गर्न कठिनाइ भएको छ ।

जिल्लाका फेदाप गाउँपालिका, मेन्छ्यायेम गाउँपालिका र फेदाप गाउँपालिकामा अझै पनि बैंक खुलेका छैनन् । बैंक नहुँदा सर्वसाधरण, शिक्षक, स्थानीय तहका कर्मचारी र जनप्रतिनीधिलाई समस्या भएको छ ।

निर्वाचनपछि सबै अधिकार गाउँ आउँदासमेत कारोबारका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको फेदाप गाउँपालिकाका अध्यक्ष हरि चोङ्गवाङ्गले बताउनुभयो । बैंकको काम लिएर चार घण्टासम्मको बाटो हिँडेर सदरमुकाम धाउनु परिरहेको उहाँको भनाइ छ । जिल्लामा चार गाउँपालिका र दुई नगरपालिका छन् । सरकारले गत चैत २९ गते सबै स्थानीय तहमा शाखा खोल्न बैंकलाई निर्देशन दिएको थियो ।   रासस