२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मोरक्कोमा सुधारको माग गर्दै युवा आन्दोलन तीव्र, राजा मोहम्मद छैटौँ सम्बोधनका तयारीमा

२४ आश्विन २०८२, शुक्रबार १६:०७

मोरक्कोका राजा मोहम्मद छैटौँले शुक्रबार संसद् उद्घाटन गर्दै राष्ट्रलाई सम्बोधन गर्ने तयारी गर्नुभएको छ ।

देशका प्रमुख सहरहरूमा जारी व्यापक प्रदर्शनहरूले सरकारको खर्च प्राथमिकता र शासनप्रति प्रश्न उठाइरहेकाले यस वर्षको सम्बोधन सामान्य वार्षिक परम्पराभन्दा धेरै उच्च राजनीतिक जोखिमसहितको हुने अनुमान गरिएको छ ।

देशको सर्वोच्च अधिकार सम्पन्न शासक मानिनुहुने राजा मोहम्मद छैटौँले सामान्यतया जनतालाई कमै सम्बोधन गर्नुहुन्छ र अन्तर्राष्ट्रिय मामिलामा प्रायः मन्त्रीहरू वा शाही परिवारका सदस्यहरूलाई प्रतिनिधित्व गर्न पठाउनुहुन्छ ।

दशकौँअघि ‘गरिबहरूको राजा’ भनेर चिनिनु भएका उहाँ अहिले भने सुस्त विकास, बढ्दो असमानता र आर्थिक विभाजनका कारण नागरिकहरूमा फैलिएको असन्तुष्टिको केन्द्रमा हुनुहुन्छ ।

सेप्टेम्बर २७ देखि देशभर फैलिएको प्रदर्शनमा हजारौँ युवा सडकमा उत्रिएका छन् । उनीहरूले सरकारको ध्यान सार्वजनिक सेवाभन्दा बढी सन् २०३० फिफा विश्वकपका तयारीमा अर्बौं डलर खर्च गर्नमा केन्द्रित भएको भन्दै आपत्ति जनाइरहेका छन् । ‘जेन जेड २१२’ नामक युवा नेतृत्वको आन्दोलनले नयाँ स्टेडियम निर्माण र उपेक्षित विद्यालय तथा अस्पतालबीचको असन्तुलनलाई औँल्याउँदै सन् २०११ को अरब वसन्तपछि पहिलोपटक यति ठूलो स्तरको राष्ट्रिय आन्दोलन खडा गरेको छ ।

प्रदर्शनका नारा स्पष्ट छन्— ‘जनताले राजाको हस्तक्षेप चाहन्छ ।’

राजा मोहम्मद छैटौँले यसअघि असमानताले भरिएको ‘दुई–गति राष्ट्र’ (टु स्पिड कन्ट्री) स्वीकार गर्न नसक्ने बताउनुभएको थियो । उहाँले गत जुलाईमा तटीय सहर तेतुआनमा आयोजित एक भाषणमा भन्नुभएको थियो, “आर्थिक विकास र पूर्वाधार निर्माण जति भए पनि ती उपलब्धिहरूले सबै वर्ग र क्षेत्रका नागरिकहरूको जीवनस्तरमा ठोस सुधार ल्याएमा मात्र म सन्तुष्ट हुनेछु ।”

यसपटकको सम्बोधन जनआन्दोलनको चर्को अवस्थामा भइरहेको छ । प्रदर्शनकारीहरूले राजदरबारमा सिधै मागपत्र पठाउँदै प्रधानमन्त्री अजिज अखानोच र उहाँको सरकारलाई बर्खास्त गर्न, राजनीतिक बन्दीहरूको रिहाइ र भ्रष्ट राजनीतिज्ञहरूलाई कानूनी जवाफदेही बनाउने माग गरेका छन् ।

“हामी, मोरक्कोका युवाहरू, महामहिमको हस्तक्षेपमार्फत अधिकार पुनःस्थापना र भ्रष्टाचार विरुद्ध न्यायपूर्ण सुधारको माग गर्दैछौँ,” आन्दोलनको पत्रमा लेखिएको छ ।

उक्त पत्रले राजाको समस्याहरू समाधान गर्ने क्षमतामा गहिरो विश्वास व्यक्त गरे पनि राजाको प्रत्यक्ष आलोचना अझै वर्जित रहेको वास्तविकतालाई पनि उजागर गरेको छ । राजालाई सिधै अपिल गर्नु मोरक्कोली राजनीतिक संस्कृतिमा दुर्लभ कदम हो, जसले उहाँलाई राजनीतिभन्दा माथि राख्ने परम्परालाई चुनौती दिएको छ । यदि मागहरू पूरा भएनन् भने जिम्मेवारी कसको हुनेछ भन्ने प्रश्नले अब देशभर बहस निम्त्याएको छ ।

“जनताले ‘राजा दीर्घायु हुनुहोस्’ भन्दै सम्मान देखाइरहेका छन्, तर उनीहरूले शक्तिको वास्तविक स्रोत पनि दरबारमै छ भनेर इङ्गित गरिरहेका छन्”, अमेरिकी ड्युक विश्वविद्यालयका राजनीतिक विश्लेषक अब्देसलाम मघ्रौईले टिप्पणी गर्नुभयो ।

यसैबीच ६० जना वरिष्ठ बुद्धिजीवी, कार्यकर्ता र असन्तुष्ट नागरिकहरूले जारी गरेको अर्को खुला पत्रले युवाहरूको मागलाई थप बल दिएको छ । उक्त पत्रमा राजा मोहम्मद छैटौँलाई ‘मोरक्कोमा कार्यकारी शक्तिको साँचो स्रोत’ भन्दै प्रधानमन्त्री मात्र नभई देशलाई हल्लाउने असन्तुष्टिको गहिरो संरचनात्मक कारण समाधान गर्न आग्रह गरिएको छ ।

बिहीबार साँझ भएको जनेरेसन जेड २१२ आन्दोलनको प्रदर्शनमा सहभागी युवाहरूले राजाको सम्बोधनबाट ठूलो आशा राखेका छन् । उनीहरूका अनुसार राजा मोहम्मद छैटौँले यदि आफ्ना मागहरू सम्बोधन गर्नुभयो भने प्रधानमन्त्री अजिज अखानोचप्रतिको जनआक्रोश घट्न सक्छ ।

“हामी आशा गर्छौं, उहाँको सम्बोधनले मोरक्कोका युवाहरूका लागि सकारात्मक परिवर्तनको सङ्केत ल्याउनेछ”, कासाब्लान्कामा प्रदर्शनमा सहभागी १८ वर्षीया विद्यार्थी सौफियानले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान