असोज ७, तेह्रथुम । नेपाल पत्रकार महसंघ तेह्रथुमले वडा दशैँ तथा दिपावलीको अवसरमा खुला दौड प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।&nbs"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज ७, तेह्रथुम । नेपाल पत्रकार महसंघ तेह्रथुमले वडा दशैँ तथा दिपावलीको अवसरमा खुला दौड प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।&nbs"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुममा पत्रकार महासंघको शुभकामना आदानप्रदान

७ आश्विन २०७४, शनिबार ०७:५४


असोज ७, तेह्रथुम । नेपाल पत्रकार महसंघ तेह्रथुमले वडा दशैँ तथा दिपावलीको अवसरमा खुला दौड प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । 

खुला आठ कि.मि. दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका रमेश कार्कीले जित्नुभएको छ । कार्कीले ३० मिनेट १५ सेकेण्डमा ८ कि.मि. दुरी पार गर्नुभयो ।

यस्तै सेनाकै रमेश कुमार ओलीले ३१ मिनेट र छिरिङ तामाङ ३१ मिनेट १५ सेकेण्डमा सो दुरी पार गर्दै क्रमशः द्धितीय र तृतीय हुनुभयो । नेपाल पत्रकार महसंघ तेह्रथुमले वडा दशैँ तथा शुभदिपावलीको अवसरमा आयोजना गरेको प्रतियोगितामा प्रथम, द्धितीय र तृतीयले क्रमशः नगद ६ हजार, ४ र २ हजारसहित प्रमाण पत्र प्रदान गरिएको महासंघका सचिव प्रकाश धौलाकोटीले बताउनुभयो ।

म्याङलुङ्ग नगरपालिकाका मेयर सन्जयकुमार तुम्बाहाम्फेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका  केन्द्रीय सदस्य उद्धव तिम्सीना, जिल्ला विकास समितिका पुर्वसभापति किशोरचन्द्र दुलाल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष केशवकुमार भट्टराई, गैरसरकारी संस्था महासंघ तेह्रथुमका अध्यक्ष अनुभूतिबम नेपाली, नेपाल रेडक्रस सोसाइटी तेह्रथुमका अध्यक्ष भूपतिलाल श्रेष्ठ र नेपाल पत्रकार महासंघ तेह्रथुम शाखाका उपाध्यक्ष भगिश्वर लिम्बुले शुभकामना मन्तव्य राख्नुभयो । शाखाका अध्यक्ष नरेश ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा आमन्त्रित अतिथिहरुलाई कोषाध्यक्ष दिपक कट्टेलले स्वागत गर्नुभएको थियो ।

दौड प्रतियोगितामा जिल्लाका ११ जना धावकहरु सहभागी थिए । प्रतियोगिताका लागि प्रथम, द्धितीय र तृतीय पुरस्कार क्रमशः म्याङलुङ्ग नगरपालिका, ईन्जिनियर सुरेश तुम्बाहाम्फे र व्यवसायी गोकुल सुवेदीले गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी